होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • बैठक रोक्न ओलीद्वारा अस्वीकार, नेपाल पक्षको बहिस्कार
राजनीति

बैठक रोक्न ओलीद्वारा अस्वीकार, नेपाल पक्षको बहिस्कार

  • नागरिक रैबार
बैठक रोक्न ओलीद्वारा अस्वीकार, नेपाल पक्षको बहिस्कार

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक बस्दै छ । आइतबार विहान ११ बजे च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बस्ने एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार आजको स्थायी कमिटी बैठकले भोलि बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने छ । विघटित कार्यदलका सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर शनिबार बैठक रोक्न आग्रह गरेका थिए । तर अध्यक्ष ओलीले बैठक रोक्न नसकिने जवाफ दिए । आइतबार विहान एमाले सचिव तामाङले पनि बैठक नरोकिने  जानकारी दिए ।

यता वरिष्ठ नेता माधव नेपाल पक्ष भने सहमतिवेगर बोलाइएको बैठकमा सहभागी नहुने अडानमा छ । आजको बैठकमा पनि नेपाल पक्षको सहभागिता नरहेको नेता रघुजी पन्तले  जानकारी दिए ।

विज्ञापन

उनले भने, ‘सहमति बेगर बोलाइएको बैठकमा नजाने हाम्रो अडान छ । सहमति नभए कुनै बैठकमा जाँदैनौं ।’ पन्तका अनुसार शनिबार अध्यक्ष ओलीसँग भेटेको टोलीले आज १० बजे नेता नेपालसँग भेटवार्ता गर्दैछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार