होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बेपत्ता भएका मार्तडीका ऐडी भारतमा विरामी अवस्थामा फेला
Breaking News

बेपत्ता भएका मार्तडीका ऐडी भारतमा विरामी अवस्थामा फेला

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बेपत्ता भएका मार्तडीका ऐडी भारतमा विरामी अवस्थामा फेला

नागरिक रैबार/बाजुरा १ मंसिर। दुई हप्तादेखि भारतको सिम्लाबाट बेपत्ता भएका मार्तडीका रणबहादुर ऐडी भारतकै हिमाचल प्रदेशको चौपालमा बिरामी भएको अवस्थामा फेला परेका छन् । बडीमालिका नगरपालिका वडा नं. ८ गठखेत ऐडीबाडा घर भएका ऐडी २ सातादेखि भारतको सिम्लाबाट बेपत्ता भएका थिए ।

कामको सिलसिलामा भारतको सिम्लामा गएका ऐडी तिहार मनाउन घर फर्किने बेला बिचबाटो दुई साता देखि बेपत्ता भएका थिए । सिम्लामा संगै काम गर्ने साथीहरुसंग घर जान्छु भनेर सिम्लाबाट फर्केका ऐडी दुइसाता वित्दा समेत घरको सम्पर्कमा नआएपछि भारतमा खोजी गर्दा विरामी अवस्थामा हिमान्चल प्रदेशको चौपालमा फेला परेको भारतमा बसोबास गर्दै आएका बडीमालिका ९ का गोरख विष्टले बताएका छन् ।

भारतको सिम्लाबाटै बेपत्ता भएपछि उनको परिवारले जिल्ला प्रहरी कार्यालय बाजुरालाई खोजी कार्यका लागि निवेदन दिएका थिए ।
दुइ हप्तापछि फेला परेका ऐडी गएको साउन महिनामा रोजगारीको सिलसिलामा भारतको सिम्ला गएको पारिवारिक श्रोतले बताएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै