होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ २६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हावाहुरीसहित वर्षाको सम्भावना
समाचार

हावाहुरीसहित वर्षाको सम्भावना

  • नागरिक रैबार
हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ: भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार शनिबार (हिजो) अपराह्नदेखि देशभर सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम र केही स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू–भागहरूमा हिमपातको पनि सम्भावना रहेको छ।

महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा हाल प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहेको छ। प्रदेश नं १, २ र वाग्मती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन,चट्याङ, हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहनेछ

आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित भारी हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ

यही असोज ३१ गते देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा साथै प्रदेश १ र वाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। आज काठमाडौँको अधिकतम तापक्रम ३१ दशमलव ८ र न्यूनतम तापक्रम १८ दशमलव ४ डिग्री सेल्सियस रहेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार