होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार २, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अनेरास्ववियूबाट एकाएक किन बिदा लिदैछन् ऐन महर ?
समाचार

अनेरास्ववियूबाट एकाएक किन बिदा लिदैछन् ऐन महर ?

केन्द्रीय कमिटीमा लैजाने आश्वासन

  • नागरिक रैबार
अनेरास्ववियूबाट एकाएक किन बिदा लिदैछन् ऐन महर ?

धनगढीः नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको नेतृत्व परिवर्तन गरिने भएको छ। राष्ट्रिय सम्मेलनबिनै अनेरास्ववियूको नेतृत्व फेरिन लागेको हो। अनेरास्ववियूका वर्तमान अध्यक्ष ऐन महर पार्टीको एमालेको प्रदेश कमिटी सदस्य हुँदै केन्द्रीय कमिटीमा लैजाने आश्वासन नेतृत्वबाट पाएपछि एकाएक अखिल छाड्न तयार भएको बताईएको छ।

महर अनेरास्ववियूको २२ औं राष्ट्रिय सम्मेलनबाट महासचिव निर्वाचित भएका थिए। ५ वर्षअघि भएको सम्मेलनबाट अध्यक्षमा निर्वाचित नविना लामा नेकपा एकीकरणसँगै अखिलबाट बिदा भएकी थिइन्। एकीकृत अखिलको संयोजक महर र सहसंयोजक रन्जित तामाङ थिए। नेकपा एकता बदरपछि पनि महर अध्यक्ष निरन्तर रहेका थिए।

अनेरास्ववियूका पूर्वअध्यक्ष तथा हालका इन्चार्ज खिमलाल भट्टराईले शनिबार बस्ने सचिवालय बैठकले नयाँ नेतृत्व चयन गर्ने बताए। उनका अनुसार नेतृत्वका आकांक्षीहरूबीच छलफल चलिरहेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै