होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपाली काँग्रेस डडेल्धुराको सभापतिमा भट्टको उम्मेदवारी, अरु कोको? सूचीसहित
समाचार

नेपाली काँग्रेस डडेल्धुराको सभापतिमा भट्टको उम्मेदवारी, अरु कोको? सूचीसहित

  • नागरिक रैबार
नेपाली काँग्रेस डडेल्धुराको सभापतिमा भट्टको उम्मेदवारी, अरु कोको? सूचीसहित

डडेल्धुरा : नेपाली काँग्रेस डडेल्धुराको सभापतिमा हरिप्रसाद भट्टले उम्मेदवारी दिने भएका छन्।

शनिबार नेपाली काँग्रेसका नेता एवं अमरगढी नगरपालिकाका पूर्व मेयर मोहनराज पाठकको नेतृत्वमा जिल्ला सदरमुकाममा बसेको भेलाले भट्टलाई पार्टीको सातौं अधिवेशनमा जिल्ला सभापतिका लागि उम्मेदवारी दिने निर्णय गरेको हो।

नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि एवं अभिवक्ता भट्टले जिल्लामा रहेको पार्टीको गुटलाई एकताका साथै आगामी हुने स्थानिय तहको निर्वाचनमा जिल्लाका सातवटै स्थानीय तहमा नेपाली काँग्रेसलाई विजयी गराउनका लागि उम्मेदवारी दिएको बताए।

विज्ञापन

सभापतिमा भट्टका साथै अन्य उमेदवारसहितको टीम साउन ६ गते घोषणा गरिने समूहको नेतृत्व गरिरहेको पाठकले बताए। पाठककै नेतृत्वमा निर्वाचन परिचालन समिति वनाइने भएको छ। केन्द्रमा पार्टी सभापति शेरवहादुर देउवालाई सहयोग गर्ने समेत उनले बताए।

देउवाले भने परशुराम नगरपालिकाका नगरप्रमुख भिमबहादुर साउदको पक्षमा उभिएका छन्। यसअघि जिल्ला सभापतिमा देउवा पक्षबाट मेयर साउँदसहित पूर्वसभापति रघुवर भट्ट, प्रदेश सांसद गोविन्द बोहोरा र गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्ल आकांक्षी रहेका थिए।

तर, देउवा निवास बूढानीलकण्ठ पुगेका डडेल्धुराका नेताहरूसँगको छलफलमा देउवा परशुरामका मेयर साउदको पक्षमा उभिएका थिए। सोही कारण साउदले शुक्रबार काँग्रेस जिल्ला सभापतिको उम्मेदवारी घोषणा गरिसकेका छन्।

 

शुक्रबार प्रेस युनियन डडेल्धुराले गरेको पत्रकार सम्मेलन कार्यक्रममा साउदले पार्टीको सातौ अधिवेशनमा जिल्ला सभापतिको उम्मेदवारी घोषणा गरेका हुन्।

नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि एवं परशुराम नगरपालिकाका नगरप्रमुख साउदले काँग्रेसको १४ औँ महाधिवेशसनमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई सघाउन आफूले उम्मेदवारी दिएको बताए।

वर्तमान उपसभापती करुणाकर भट्ट, गन्यापधुरा गाउँपालिका अध्यक्ष नवलबहादुर मल्ल, अमरगढी नगरपालिका घर भएका तारक बुढाऐर, नेपाल दलित संघको संस्थापक भरत नेपाली र अजयमेरु गाउँपालिकाका चुडामणी ठकुराठी पनि सभापतिको दौडमा रहेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै