होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, भदौ ३१, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • एमालेमा एकताको प्रयासका लागि दोस्रो तहका नेताहरु फेरि जुटे छलफलमा
राजनीति

एमालेमा एकताको प्रयासका लागि दोस्रो तहका नेताहरु फेरि जुटे छलफलमा

  • नागरिक रैबार
एमालेमा एकताको प्रयासका लागि दोस्रो तहका नेताहरु फेरि जुटे छलफलमा

काठमाडौं । नेकपा एमाले दोस्रो तहका नेताहरु पार्टी एकता प्रयास स्वरुप छलफलमा जुटेका छन् । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा दोस्रो तहका नेताहरुबीच छलफल चलिरहेको छ ।

छलफलमा विघटित कार्यदलका अधिकांश सदस्य सहभागी रहेको स्रोतले जानकारी दिएको छ ।​ विघटित कार्यदलमा सुवासचन्द्र नेम्वाङ, भीम रावल, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, घनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण विष्ट, प्रदीप ज्ञवाली, विष्णु रिजाल र शंकर पोखरेल रहेका थिए ।

यस्तै एमाले सचिवत्रय पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई र भीम आचार्य पनि आजको छलफलमा सहभागी छन् । शुक्रबार संस्थापन पक्षले एकतर्फी रुपमा स्थायी कमिटी बैठक राखेर कार्यदलको सहमति अनुमोदन र कार्यदल विघटनको निर्णय लिएको थियो ।

यसले एमालेमा एकताको प्रयासमा अवरोध खडा गरेको माधव नेपाल पक्षको नेताहरुको भनाइ थियो । असार २७ गते कार्यदलले गरेको दश बुँदे सहमति कार्यान्वयनमा समस्या देखिएपछि नेताहरु छलफलमा जुटेको बुझिएको छ ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालको टकरावका कारण सहमति कार्यान्वयनमा समस्या खडा भएको छ । ओलीले माधव नेपाललाई एमालेमा ठाउँ नरहेको बताएपछि पार्टी एकता जटिल बनेको छ ।

यस्तै शुक्रबार एमाले स्थायी कमिटीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ भने माधव पक्ष संसद जोगाउन भएपनि विश्वासको मत दिने अडानमा छ । एमाले प्रतिपक्षी कित्तामा पुगे पनि नेपाल पक्षले सत्तारुढ गठबन्धनसँगको सहकार्य जारी राखेको छ । यसले एमाले एकताको प्रयासमा थप जटिलता खडा गरेको नेताहरुको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ दिन अगाडि