होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • उपेन्द्र यादवको साथमा अब कति सांसद
राजनीति

उपेन्द्र यादवको साथमा अब कति सांसद

  • नागरिक रैबार
उपेन्द्र यादवको साथमा अब कति सांसद

काठमाडौं, २ साउन । जनता समाजवादी पार्टी सत्तासंघर्षले औपचारिक विभाजनको नजिक छ । जसपा अध्यक्ष उपेन्द्र यादवले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन साथ दिए । अर्का अध्यक्ष महन्थ ठाकुर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्षमा उभिएका थिए । उनको साथ अझै ओलीलाई नै रहेको छ ।

देउवा कि ओली भन्ने विषयले जसपा विभाजनतर्फ बढेको छ । देउवालाई जसपाको उपेन्द्र यादव समूहका १३ सांसदले साथ दिएका थिए । कुल ३२ सांसद रहेको जसपामा ठाकुर पक्षमा १९ सांसद देखिएका थिए ।

सत्ताको खेलले अब यादव र ठाकुरसँग कति सांसद रहने हुन् ? चासोको विषय बनेको छ । मन्त्री बन्न नपाए यादवलाई साथ छाड्ने सांसदहरुको संख्या बढ्न सक्छ । मन्त्री बन्नका लागि ठाकुर समूहबाट गुट परिवर्तन गर्नेहरु पनि हुन सक्छन् । यसले जसपाभित्र गुटको अंकगणित फरक पर्न सक्छ ।

कतिपय सांसदहरु तटस्थ जस्तै छन् । अबका दिनमा उनीहरुको भूमिकाबारे चासो रहनसक्छ ।

उपेन्द्र यादव समूह तत्काल सरकारमा सहभागी भएको छैन । यादव समूहले पाउने मन्त्रालय र को को सरकारमा जाने विषयले सांसद संख्यामा तलमाथि पर्न सक्छ । उपेन्द्रसँग रहेका डा.बाबुराम भट्टराईले पनि आफू निकटस्थहरुलाई मन्त्री बनाउन प्रयास गर्न सक्छन् । यसले पनि अवस्था फरक पार्न सक्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
राजनीति
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • २ दिन अगाडि