होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन ४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • माओवादी केन्द्रको विधानबाट जिल्ला डिलिट !
समाचार

माओवादी केन्द्रको विधानबाट जिल्ला डिलिट !

  • नागरिक रैबार
माओवादी केन्द्रको विधानबाट जिल्ला डिलिट !

काठमाडौंः नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीका सबै जिल्ला कमिटीहरु विघटन गरेको छ। अब पार्टीका जिल्ला सम्मेलनहरू पनि नगर्ने माओवादीले घोषणा गरेको छ।

काठमाडौंमा आयोजित दुईदिने केन्द्रीय कमिटी बैठकमा आइतबार अध्यक्ष प्रचण्डले भने, ‘आजैदेखि विधानबाट जिल्ला डिलिट भयो। अब जिल्ला सम्मेलन हुँदैन। अब सिधै जनतामा।’

अब संविधान र संघीयताको मर्म अनुसार पार्टीको स्थानीय तह, प्रदेश र केन्द्र मात्रै रहने प्रचण्डले बताए। जिल्ला कमिटीको साटो जिल्ला समन्वय कमिटी रहने र त्यसमा स्थानीय तहका प्रमुखहरुलाई राख्ने गरी स्थायी कमिटीले उपयुक्त व्यवस्था गर्ने प्रचण्डले केन्द्रीय कमिटीको बैठकलाई जानकारी गराएका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै