होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, भदौ २१, २०८२
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • युरोकपका उत्कृष्ट खेलाडी डोनारुम्मा पीएसजीमा
खेलकुद

युरोकपका उत्कृष्ट खेलाडी डोनारुम्मा पीएसजीमा

  • नागरिक रैबार
युरोकपका उत्कृष्ट खेलाडी डोनारुम्मा पीएसजीमा

३१ असार, काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) इटालियन गोलकिपर जियानलुजी डोनारुम्मालाई अनुबन्ध गरेको छ ।युरो २०२० को उत्कृष्ट खेलाडी डोनारुम्मासँग पीएसजीले पाँच वर्षको सम्झौता गरेको छ ।फ्रि ट्रान्सफरमा पीएसजीले उनलाई अनुबन्ध गरेको हो ।सम्झौतापछि २२ वर्षीय डोनारुम्मा अबको पाँच वर्ष पीएसजीमा रहने छन् ।

इटालीयन क्लब एसी मिलानबाट ५ वर्ष खेलेपछि उनको सम्झौता जुन ३० बाट सकिएको थियो । त्यसपछि उनले सम्झौता नवीकरण गरेनन् ।

१६ वर्षको उमेरमै मिलानबा लागि डेब्यु गरेका उनले त्यहाँ रहँदा २५१ खेल खेलेका छन् ।इटलीले युरो २०२० को उपाधि जित्दा महत्वपूर्ण सदस्य रहेका डोनारुम्माले फाइनलमा इंग्ल्याण्डविरुद्ध दुई पेनाल्टी रोकेका थिए ।डोनारुम्माले युरोमा ७१९ मिनेट खेल्दै तीन क्लिन सिट राखेका थिए । उनले युरोमा ४ गोल बेहार्दा ९ सेभ गरेका थिए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार