नागरिक रैबार/बाजुरा ३ फागुन। प्रधानमन्त्री केपी शर्मा अाेलीले गरेकाे प्रतिनिधिसभा विघटनका विरूद्ध नेपाली कांग्रेस बाजुराले आज सदरमुकाम मार्तडीमा प्रदर्शन गरेकाे छ ।
प्रतिनिधिसभा विघटन गरिएको एक सातापछि पुस १३ गते बाट आन्दोलित रहेकाे कांग्रेसले देशका ७७ वटै जिल्लामा अाज एकैसाथ विरोध प्रदर्शन गरेकाे हाे ।
बाजुरा सदरमुकाम मार्तडीमा गरेकाे विराेध प्रदशर्नमा नेपाली कांग्रेस बाजुराका सभापति कविराज पंण्डित, पुर्व संविधान सभासदस्य देवराज जाेशी, महाँ नेपाली लगायतका नेताहरूले सम्वाेधन गर्ने भएका छन् ।
विराेध प्रदर्शनमा काँग्रेस बाजुरामा अास्थावान नेता तथा कार्यकर्ताहरू सहभागी छन् ।
मार्तडीकाे खुलामंचबाट निकालिएकाे विराेध र्याली विचबजार, दुनिहाटबजार, न्युराेड, वन डिभिजन कार्यालय हुँदै लाेकतनन्त्रिक चाेकमा काेण सभामा परिणत भएकाे छ ।
फेसबुक प्रतिक्रियाहरु