प्रधानमन्त्री केपी शर्मा ओली १० महिनापछि सिंहदरबार टेकेका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सबलीकरण(रेट्रोफिटिङ) गर्दै पुरानै ठाउँमा स्थानान्तरण भएपछि ओली कार्यालय उद्घाटनका लागि सोबार सिंहदरबार पुगेका हुन् ।
गत वैशाख २८ मा असंलग्न राष्ट्रहरुको सम्मेलनमा भर्चुअल सम्बोधनका लागि उनी सिंहदरबार पुगेका थिए । सिंहदरबारबाटै प्रधानमन्त्री ओलीले सरकारको तीन वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्नेछन्। कोभिडको कारण देखाउँदै उनले बालुवाटारमै मन्त्रिपरिषद् बैठक राख्ने गरेका थिए ।
फेसबुक प्रतिक्रियाहरु