होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन ११, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • तरूण दल महामन्त्री भूपेन्द्रजंग शाहीलाई हृदयघात
समाचार

तरूण दल महामन्त्री भूपेन्द्रजंग शाहीलाई हृदयघात

  • नागरिक रैबार
तरूण दल महामन्त्री भूपेन्द्रजंग शाहीलाई हृदयघात

नेपाल तरूण दलका महामन्त्री भूपेन्द्रजंग शाहीलाई हृदयघात भएको छ। शाहीको काठमाडौं महाराजगंजस्थित मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ।

‘उहाँलाई हिजो बेलुकी नै अस्पताल लगिएको हो। राति करिब १२ बजेतिर अपरेशन गरिएको हो’ पारिवारिक स्रोतलाई उद्धृत गर्दै कांग्रेस नेता मनोजमणि आचार्यले सेतोपाटीसँग भने।आइतबार बेलुकी ९ बजेतिर स्वास्थ्यमा समस्या आएपछि शाहीलाई अस्पताल लगिएको थियो।

‘अपरेशनपछि आज बिहान ३ बजे उहाँलाई वार्डमा सारिएको छ,’ उनले भने, ‘चिकित्सकहरूले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँ खतरामुक्त रहेको जानकारी दिनुभएको छ।’ शाही पछिल्लो समय कर्णालीका विभिन्न जिल्लामा कांग्रेसको संगठन विस्तारका काममा सक्रिय थिए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ६ दिन अगाडि

भर्खरै