होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • प्रतिनिधिसभा विघटनविरूद्ध कांग्रेसको आज देशभर प्रदर्शन
देश/प्रदेश

प्रतिनिधिसभा विघटनविरूद्ध कांग्रेसको आज देशभर प्रदर्शन

  • नागरिक रैबार
प्रतिनिधिसभा विघटनविरूद्ध कांग्रेसको आज देशभर प्रदर्शन

काठमाडौँ- प्रतिनिधिसभा विघटनविरूद्ध नेपाली कांग्रेसले आज पनि देशभर प्रदर्शन गर्दैछ ।

प्रतिनिधिसभा विघटन गरिएको एक सातापछि पुस १३ बाट आन्दोलित कांग्रेसले आज जिल्ला कार्यसमितिहरुको आयोजनामा देशका ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्दैछ ।

संसद विघटनलाई असंवैधानिक कदम भन्दै आएको कांग्रेसले सर्वोच्च अदालतको फैसला नआइन्जेल आन्दोलनलाई औपचारिकताको रूपमा मात्रै अघि बढाउँदै आएको छ ।

विज्ञापन

कांग्रेसभित्र चुनावमा जाने कि असंवैधानिक भनिएको प्रतिनिधिसभा विघटनका लागि संयुक्त आन्दोलनमा जाने भन्नेमा विवाद छ । सभापति देउवा पक्षधर अदालतले चुनावकै पक्षमा फैसला गरे निर्वाचनमै होमिनु पर्ने पक्षमा छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर ओलीको अवैधानिक कदम जसरी पनि सच्चिनु पर्ने पक्षमा छन् ।

आगामी रणनीतिमा कांग्रेसभित्र मतक्यैता नभए पनि आजको प्रदर्शनमा सहभागि हुन सभापति देउवाले सबै नेता कार्यकर्ताहरुलाई आह्वान गरिसकेका छन् ।

कुन नेताले कहाँ सम्बोधन गर्दै ?

पार्टी सभापति देउवा बुटवलमा हुने कार्यक्रमलाई सम्बोधन गर्न जाँदै छन् । वरिष्ठ नेता पौडेल धादिङ सदरमुकाम धादिङवेसी, उपसभापति विमलेन्द्र निधि सप्तरी, महामन्त्री डा. शशांक कोइरालाले दाङको विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेता कृष्णप्रसाद सिटौलाले झापामा हुने कार्यक्रमलाई सम्बोधन गर्ने छन् । प्रकाशमान सिंह पोखरा, डा. शेखर कोइराला धरान, अर्जुननरसिंह केसी काठमाडौं, डा. मिनेन्द्र रिजालले प्युठान, डा. रामशरण महतले काभ्रे, प्रवक्ता विश्वप्रकाश शर्माले ललितपुर, गगन थापाले चितवन, प्रदीप पौडेलले दैलेख, अर्जुन जोशीले भक्तपुर, गुरुराज घिमिरेले दोलखाको विरोध सभालाई सम्बोधन कार्यक्रम तय भएको कांग्रेसले जनाएको छ ।

तेस्रो चरणको आन्दोलनमा रहेको कांग्रेसले पुस १३, पुस २५, माघ ३ माघ ८ माघ १९ र माघ २४ गते विरोध प्रदर्शन गरिसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
समाचार
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • १ दिन अगाडि