होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ६ सय कैदीको सजाय मिनाहा गर्न प्रस्ताव
समाचार

६ सय कैदीको सजाय मिनाहा गर्न प्रस्ताव

  • नागरिक रैबार
६ सय कैदीको सजाय मिनाहा गर्न प्रस्ताव

काठमाडौँ — गृह मन्त्रालयले आगामी फागुन ७ गते ‘७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस’ को अवसर पारेर विभिन्न कारागारमा रहेका करिब ६ सय कैदीको बाँकी सजाय मिनाहा गर्न प्रस्ताव अघि बढाएको छ ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलका अनुसार मुलुकी अपराध संहिता २०७४ बमोजिम अपराधको नकारात्मक सूचीमा नपरेका, ५० प्रतिशत सजाय भुक्तान गरेका, असल चालचलन भएका र जेलर हुँदै प्रमुख जिल्ला अधिकारीबाट सिफारिस भई आएका करिब ४ सय कैदीको बाँकी सजाय मिनाहाको सूची तयार पारिएको छ । यस्तै २०७४ अघिको कानुनअनुसार करिब २ सयको कैद मिनाहाका लागि प्रस्ताव गरिएको छ ।

फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ अनुसार जन्मकैद, भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, संगठित अपराध, सम्पत्ति शुद्धीकरण, यातना र कुरूप/निर्मम र अपमानजनक व्यवहार, मानवताविरुद्ध अपराध, राज्यविरुद्धको अपराध र पछिल्लोपटक अध्यादेशबाट जारी भएको तेजाव अपराधसम्बन्धी कसुरमा दोषी ठहर भएका व्यक्तिको बाँकी सजाय माफी तथा मिनाहा गर्न मिल्दैन । यसबाहेकका कैदीले सजाय मिनाहाको सुविधा पाउँछन् । गृहको प्रस्ताव मन्त्रिपरिषद्बाट अनुमोदन भएर राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरे कार्यान्वयन हुनेछ ।

विज्ञापन

सरकारले यसअघि गणतन्त्र दिवस (गत जेठ १५) मा २ सय ३३ जना र संविधान दिवस (गत असोज ३) को अवसर पारेर २ सय ८९ जना कैदीको सजाय मिनाहा गरेको थियो ।

विभाग हुँदै गृह मन्त्रालयबाट तयार भएको सजाय मिनाहाको सूची अब बस्ने मन्त्रिपरिषद् बैठकले स्वीकृत गरी राष्ट्रपति कार्यालयमा पठाउने तयारी छ । विभागका अनुसार पुस मसान्तसम्म देशभर मुद्दाको किनारा नलागी पूर्पक्षका क्रममा थुना र अदालतबाट दोषी ठहर भई कैद भुक्तान गरिरहेका कैदीबन्दीको संख्या करिब २५ हजार ५ सय छ । तीमध्ये अदालतबाट दोषी ठहर भई सजाय भुक्तानरत कैदीको संख्या १४ हजार ५ सय ३५ छ, जसमा महिला कैदीको संख्या ८ सय ६७ र बाँकी पुरुष छन् । कान्तिपुरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै