काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आज विहान देशवासीको नाममा सम्बोधन गर्दै हुनुहुन्छ । मंलगलबार नै प्रधानमन्त्री कार्यालयले बुधबार बिहान प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्ने सुचना जारी गरेको थियो ।
प्रधानमन्त्री ओलीले ‘नयाँ वर्ष २०७८ साल’को अवसरमा देसवासीलाई शुभकामना सन्देश दिन लाग्नु भएको हो । उहाँले बुधबार आज विहान ८ बजे सिंहदरबारबाट सन्देश दिनुहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नयाँ वर्षको शुभकामनाको अलावा प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि सम्बोधनमार्फत जनतालाई जनकारी दिनुहुने बताइएको छ ।
फेसबुक प्रतिक्रियाहरु