काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही महिनाबाट रेल संचालनमा ल्याउने बताउनु भएको छ । बुधबार बिहान प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्दै नेपालका लागि २ रेल जनकपुरमा आइसकेकाले त्यसलाई यही महिना भित्रमा संचालनमा ल्याउने स्पष्ट पार्नुभयो । उहाँले पूर्वपश्चिम रेलमार्गको पनि तीव्र गतिमा काम भइरहेको बताउनु भयाे ।
उहाँले सरकार लकडाउनमा नजाने पनि स्पष्ट पार्नुभयो । कोरोनाबाट सर्तकता अपनाउन आग्रह गर्दै प्रधानमन्त्री ओलीले कसैले आफूलाई लकडाउन गर्ने धम्की दियाे भनेर आरोप लगाएको भन्दै त्यसको खण्डन गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले लकडाउन गर्ने धक्की दियो भन्दै हिडेका छन्। म धम्की दिन चाहन्न, धक्की दिने हैसियत राख्दिँन । र, धम्की उचित ठाँन्दिन पनि । हामी लकडाउन नगर्ने पक्षमा छौँ ।’
सरकारले सडक बालबालिका मुक्त बनाएको दावी गर्दै उहाँले भिख माग्ने स्थितीकाे अन्त्य गर्ने र त्यस्तो अवस्था भए अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सबैलाई सम्माजनक जीउने स्थिती बनाउने सरकाले लक्ष्य राखेको बताउनु भयो । एशिड , बलात्कार, बलात्कारपछि हत्या गर्नेलाई कानुनी कठाघरमा उभ्याउने काम गरेको प्रधानमन्त्रीले दावी गर्नुभयाे ।
संसदमा टेवुल भएको एमसीसीकाे निर्णय नेपाली काँग्रेस र नेकपामा माओवादीले प्रस्तुत गर्न नदिएको आरोप लगाउनु भयो । सरकारले अनेकतालाई एकता बनाएर सम्पूर्ण शक्तिलाई देश निर्माणमा लगानी गर्ने बताउनुभयो ।
नयाँ वर्षमा पूरा नभएका कामहरुलाई परा गर्ने अठोट लिँदै देशका सबै निर्वाचन क्षेत्रहरुमा सडक संजाल जोड्ने र सिमिकोटमा पनि यसै बर्ष सडक संजाल पुर्याउने लक्ष्य लिएको जानकारी दिनुभयो ।
सरकारले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो हितको उजागर गरेको पनि दावी गर्नुभयो । अन्तर्राष्ट्रिय स्तरमा नेपाल न्यायको पक्षमा, शान्तिकाे पक्षमा र बिकासको पक्षमा उभिएको दावी गर्दै अबको विश्वलाई नेपालले शान्तियुक्त, न्याययुक्त परिकल्पन गरेको बताउनु भयो ।
फेसबुक प्रतिक्रियाहरु