होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–माधव पक्षले गर्‍यो थप आन्दोलनको घोषणा
राजनीति

प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–माधव पक्षले गर्‍यो थप आन्दोलनको घोषणा

फागुन ५ देखि २१ गतेसम्मका कार्यक्रम सार्वजनिक

  • नागरिक रैबार
प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–माधव पक्षले गर्‍यो थप आन्दोलनको घोषणा

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव पक्षले चौथौ चरणका आन्दोलन घोषणा गरेको छ । केन्द्रीय संघर्ष समितिले पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर चौथौ चरणको थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

जसअनुसार २०७७ फागुन ५ गते देखि १२ गते सम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लाहरूमा जिल्ला स्तरीयविरोध प्रदर्शन, सभा लगायतको विरोध कार्यक्रम गर्ने भएको छ । त्यस्तै २०७७ फागुन ६ गते प्रतिगमन, महङ्गी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो विरोध कार्यक्रम सम्पन्न गर्ने भएको छ ।

२०७७ फागुन ७ गते देशव्यापी रुपमा सबै पालिकाका वडाहरूमा वडा स्तरीय विरोध कार्यक्रम गर्ने, २०७७ फागुन ७ गतेदेखि १५ गतेसम्म प्रतिगमन विरुद्ध संविधान र लोकतन्त्रको पक्षमा सार्वजनिक स्थलमा हस्ताक्षर संकलन फागुन ८ गते काठमाडौंमा प्रतिगमन विरुद्ध वृहत् अन्तरक्रिया कार्यक्रम, फागुन ९ गते प्रतिगमन र महिला हिंसा, हत्या एवम् बलात्कारका विरुद्ध देशव्यापी महिलाहरूको विरोध कार्यक्रम, फागुन १० गते काठमाडौं उपत्यका र जिल्लाहरूमा दलित मोर्चाको तर्फबाट विरोध, फागुन ११ गते मधेशी, आदिवासी जनजाति, महिला, मुस्लिम, थारु, पिछडिएको क्षेत्र लगायतका उत्पीडित समुदायको साँस्कृतिक पहिचानसहितको संयुक्त विरोध, फागुन १२ गते चितवन, फागुन २१ गते दाङ्ग र जनकपुर, नेपालगञ्ज, लगायतका शहरहरूमा विरोध प्रदर्शन र सभा र संघीय राजधानी र प्रदेशका राजधानीहरूमा सम्बन्धित पार्टी कमिटी र जनवर्गीय एवम् मोर्चा संगठनको तर्फबाट संघर्षका सिर्जनात्मक कार्यक्रमहरूको निरन्तरता दिने भएको छ ।

विज्ञापन

चौथौ चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्दै केन्द्रीय संघर्ष समितिका संयोजक समेत रहेका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिलेको असंवैधानिक कदमविरुद्ध आफुहरु सडकसँगै कानूनी संघर्षमा रहेको बताए । ‘अहिलेको सरकारले निर्वाचन गर्नका लागि निर्वाचन घोषणा गरेको होइन । त्यसकारण संसद् पुन:स्थापना भएर लोकतन्त्र बहाली हुन्छ भन्ने लाग्छ’ भनाई छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • २ दिन अगाडि