
नागरिक रैबार/बाजुरा २७ मंसिर। नेकपा एमाले बाजुराका प्रभावशाली नेता मिनबहादुर विष्टले नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको सदस्य पदबाट राजिनामा दिएको घोषणा गरेका छन् ।


नेता विष्टले एमाले प्रदेश कमिटी सदस्यबाट आजकै मिति देखि राजिनामा गरेको व्यहोरा आइतबार साँझ सामाजिक संजाल मार्फत जानकारी गराएका हुन् ।

बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका वडा न. ७ घर भएका नेता विष्ट पछिल्लो समय एमालेको गतिविधिबाट असन्तुष्ट हुँदै आएका थिए । भर्खरै सम्पन्न भएको एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा बाजुराबाट प्रतिनिधि छनोटमा परेका थिएनन् ।
विज्ञापन


दशौं राष्ट्रिय महाधिवेशनपछि एमाले केन्द्रिय कमिटीको दोस्रो वैठकबाट प्रदेश देखि केन्द्रीय कमिटीमा सदस्य मनोनित गर्दा उनलाई कुनै ठाउँमा नसमेटेपछि उनले प्रदेश कमिटीको सदस्यबाट राजिनामा दिएको हुन् सक्ने एमालेका नेताहरुको बुझाई छ ।
२०६४ सालमा तत्कालिन माओवादीको तर्फबाट संविधान सभा सदस्यमा उम्मेदवार बनेका नेता विष्टले १४ हजार मत पाएर पराजित बनेका थिए । पछि उनले माओवादी पार्टी छाडेर एमालेमा प्रवेश गरेर राजनीतिमा सक्रिय भएर लागेका थिए।

फेसबुक प्रतिक्रियाहरु