होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • लुम्बिनीकाे नीति तथा कार्यक्रम बहुमतले पारित
समाचार

लुम्बिनीकाे नीति तथा कार्यक्रम बहुमतले पारित

  • नागरिक रैबार
लुम्बिनीकाे नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडाैं । लुम्बिनी प्रदेशकाे आगामी आर्थिक वर्ष ०७८-७९ काे नीति तथा कार्यक्रम बहुमतले पारित भएकाे छ ।आइतबार बसेकाे प्रदेश सभा बैठकले आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम बहुमतले पारित गरेकाे हाे । आइतबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नकाे मुख्यमन्त्री शंकर पोखरेलले जवाफ दिनुभएकाे थियाे ।

लगत्तै सभामुख पूर्णबहादुर घर्तीले नीति कार्यक्रम पारित गर्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुभएकाे थियाे । त्यसपछि सभामुखले सो प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभयाे । याेसँगै नीति तथा कार्यक्रम सफल हुन नदिने विपक्षीकाे याेजना असफल भएकाे छ ।

नीति तथा कार्यक्रममा केही सांसद्ले असन्तुष्टि जनाएपनि धेरैले अपेक्षाअनुसार आकर्षित रुपमा कार्यक्रम आएकाे बताउनुभएकाे मुख्यमन्त्रीले सुनाउनुभयाे । नीति तथा कार्यक्रममा समेटिएका कार्यक्रम व्यवहारिक रुपमा कार्यान्वयन गरिने मुख्यमन्त्री पाेखरेलले प्रतिबद्धता जनाउनुभयाे ।प्रदेश सभाकाे अर्काे बैठक असार १ गते बस्नेगरी स्थगित भएकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार