होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सगरमाथा आरोहणमा रहेका दुई विदेशीको मृत्यु
समाचार

सगरमाथा आरोहणमा रहेका दुई विदेशीको मृत्यु

  • नागरिक रैबार
सगरमाथा आरोहणमा रहेका दुई विदेशीको मृत्यु

काठमाडौँ– सगरमाथा आरोहणका क्रममा दुई विदेशी नागरिकको मृत्यु भएको छ ।सगरमाथा चढ्न गएका स्वीट्जरल्यान्डका आरोही अब्दुल वारैच र अमेरिकी आरोही पुवेई लिउको आरोहणकै क्रममा बिहीबार मृत्यु भएको हो।

उनीहरू ट्राभल एजेन्सी सेभेन समीटबाट सगरमाथा आरोहणका लागि गएका थिए। दुबै जनाको मृत्यु भएको सेभेन समीटले पुष्टि गरेको छ।

सेभेन समिटका अनुसार अब्दुल सगरमाथा चुचुरोमा पुगेर फर्किने क्रममा थिए। उनको साउथ समीटमा मृत्यु भएको हो ।

विज्ञापन

त्यस्तै पुवेई क्याम्प ४ मा समस्या देखिएको थियो। उनी हिलारी स्टेपसम्ममात्र पुग्न सकेका थिए। त्यहाँबाट फर्किने क्रममा उनको स्वास्थ्यमा समस्या देखिएको र अक्सिजनसहित गएका शेर्पाहरूले उनलाई बचाउन नसकेको सेभेन समिटले जनाएको छ।

यो याममा सगरमाथामा आरोहीको मृत्यु भएको यो पहिलो पटक हो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ५ दिन अगाडि

भर्खरै