प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपालबीच वार्ता हुने भएको छ । प्रधानमन्त्री ओली २०७५ जेठ २ को अवस्थामा फर्कन तयार नभएसम्म सामुहिक राजीनामाको अडानबाट पछि नहट्ने नेता माधव कुमार नेपालले आफू निकट नेताहरुलाई स्पष्ट पारेका छन् ।
‘अबको एकाध घण्टामा ओली र नेपालबीच वार्ता हुन्छ, कुरा मिल्यो भने ठीकै छ, नभए हाम्रोतर्फबाट सामुहिक राजीनामा आउँछ,’ माधव नेपाल निकट स्रोतले भन्यो ।
यसैबीच, आजै बालुवाटारमा प्रधानमन्त्री ओलीले आफ्नो पक्षको स्थायी कमिटी बैठक राखेका थिए । सो बैठकले माधव नेपालसहित चार जनाको कारवाही फिर्ता लिने निर्णय गरेको छ । सार्थ माधव पक्षसँग सहमति गर्ने सम्पूर्ण अधिकार बैठकले अध्यक्ष ओलीलाई दिएको छ । उता माधवकुमार नेपालले पनि केपी ओलीसँग वार्तामा बस्नुअघि कानुनविदहरुसँग परामर्श गरेका छन् ।
फेसबुक प्रतिक्रियाहरु