होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • शैक्षिक कार्यक्रमको शुभारम्भ गर्न राष्ट्रपति विद्यादेवी जुम्लामा
समाचार

शैक्षिक कार्यक्रमको शुभारम्भ गर्न राष्ट्रपति विद्यादेवी जुम्लामा

  • नागरिक रैबार
शैक्षिक कार्यक्रमको शुभारम्भ गर्न राष्ट्रपति विद्यादेवी जुम्लामा

काठमाडौं, मंसिर २६ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा एमबिबीएसलगायतका शैक्षिक कार्यक्रमको शुभारम्भ गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आज जुम्ला जाँदैछिन् ।

राष्ट्रपतिको स्वागतका लागि प्रतिष्ठानले सबै तयारी पूरा गरेको छ । राष्ट्रपतिले ७६ करोड रुपैयाँ लागतमा बन्न लागेको क्वार्टर र एकेडेमिक भवनको शीलान्यास गर्ने कार्यक्रम छ ।

रजिष्ट्रार नृपेन्द्र महतका अनुुसार राष्ट्रपति भण्डारी केहिबेरमा नेपाली सेनाको हेलिकोप्टरबाट जुम्ला पुग्ने कार्यक्रम छ । ‘क्वार्टर र एकेडेमिक भवनको शिलान्यास गर्ने र त्यसपछि एमबीबीएस, बीएनएस, बीफार्मालगायतका शैक्षिक कार्यक्रम शुभारम्भ भएको घोषणा गर्नेछिन्,’ रजिस्टार महतले भने ।

विज्ञापन

राष्ट्रपति जुम्ला आउने भएपछि कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार र संघीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खातुन जुम्ला पुगिसकेका छन् ।

एमबीबीएसमा १९, बीपीएचमा आठ, बीएनएसमा १६, बिफार्मामा आठ र बीएमएसमा ११ विद्यार्थी भर्ना भएका छन् । छात्रवृत्तिका विद्यार्थी मात्र भर्ना भएको प्रतिष्ठानले जनाएको छ । पिछडिएको क्षेत्रमा सहजरूपमा स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाको पहुँच पु¥याउन र स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन अनुसन्धानको व्यवस्था गरी आवश्यक जनशक्ति उत्पादन गर्ने प्रतिष्ठानको प्रमुख लक्ष्य रहेको छ ।

अहिले स्नातकोत्तर तहको एमडीएमएस कार्यक्रमलगायतका शैक्षिक कार्यक्रम सञ्चालन भइरहेका छन् । एमबीबीएस, बिएनएस, बिफार्मालगायतका संकायहरु सञ्चालनमा आउनु कर्णाली प्रदेशको मात्र नभई सम्पूर्ण राष्ट्रको गौरव रहेको प्रतिष्ठानले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार