होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, मंसिर ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • फेसबुकमा गाली गरेर ‘छोटेराजा’ लेखेको भन्दै वडाध्यक्षद्वारा सेवा प्रतिबन्ध
समाचार

फेसबुकमा गाली गरेर ‘छोटेराजा’ लेखेको भन्दै वडाध्यक्षद्वारा सेवा प्रतिबन्ध

  • नागरिक रैबार
फेसबुकमा गाली गरेर ‘छोटेराजा’ लेखेको भन्दै वडाध्यक्षद्वारा सेवा प्रतिबन्ध

धनगढीः सल्यानको बाघचौर नगरपालिकाका वडाअध्यक्ष प्रेमबहादुर पुनले सामाजिक सञ्जालमा आफूलाई ‘छोटेराजा’ लेखेको भन्दै स्थानीय दिल केसीलाई वडा कार्यालयबाट कुनै सेवा नदिने विज्ञप्ति टँसाएका छन्। वडाअध्यक्ष पुनले कुनै कानूनी कारबाहीका लागि प्रक्रिया नगरी सोझै सेवाबाट बञ्चित गरेका हुन्। उनको उक्त विज्ञप्ती सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

केसीले सामाजिक सञ्जालमा वडाअध्यक्षमाथि विभिन्न टिकाटिप्पणी लेख्ने गरेका थिए। केसीले उक्त वडाका वडाध्यक्ष र सदस्यलाई ‘छोटेराजा’ भन्दै फेसबुकमा विभिन्न खाले टिप्पणी गरेका थिए।

उक्त टिप्पणी अमर्यादित भएको भन्दै बिहीबार वडाध्यक्ष पुनले प्रेस विज्ञप्तिमार्फत केसीलाई वडाबाट दिइने सम्पूर्ण सेवाबाट बन्चित गरिएको बताएका छन्। केसीले सामाजिक संजालमा लेखिएका अभिव्यक्तहरु सच्याउनुपर्ने वडाध्यक्षको भनाइ छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार