होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • यात्रुसँग बढी भाडा लिएको आरोपमा ६ जना पक्राउ
समाचार

यात्रुसँग बढी भाडा लिएको आरोपमा ६ जना पक्राउ

  • नागरिक रैबार
[sharethis-inline-buttons]
यात्रुसँग बढी भाडा लिएको आरोपमा ६ जना पक्राउ

धनगढीः यात्रुसँग बढी भाडा लिएको आरोपमा ६ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ। मंगलबार काठमाडौंमा बढी भाढा लिएको आरोपमा टिकट काउन्टरका कर्मचारी र विचौलियालाई प्रहरीले पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ।

ट्राफिक प्रहरीले चार जनालाई कोटेश्वरबाट पक्राउ गरेको छ। धादिङ घर भई काठमाडौंको पेप्सीकोला बस्ने २४ वर्षीय भरत गुरूङ, सिन्धुली कमलामाई घर भई कोटेश्वर बस्ने ४३ वर्षीय सत्यबहादुर खड्का, सर्लाही घर भई लोकन्थली बस्ने ३४ वर्षीय सनित लामा र काठमाडौंको थानकोट बस्ने ३० वर्षीय सुनिल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।

यस्तै नयाँ बसपार्कबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा लमजुङका १८ वर्षीय साथर नेपाली र २४ वर्षीय प्रविन रानाभाट पक्राउ परेका छन्।  दिनेश खबरबाट साभार

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार