होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा लेखराज र भीमको जुँगाको लडाइँ, रावल भन्छन्, ‘ममाथि अन्याय हुँदैछ’
समाचार

सुदूरपश्चिममा लेखराज र भीमको जुँगाको लडाइँ, रावल भन्छन्, ‘ममाथि अन्याय हुँदैछ’

  • नागरिक रैबार
सुदूरपश्चिममा लेखराज र भीमको जुँगाको लडाइँ, रावल भन्छन्, ‘ममाथि अन्याय हुँदैछ’

धनगढीः एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट नै हुने बताएपछि भीम रावलले असहमति जनाएका छन्। आज बालकोटमा भएको छलफलमा अध्यक्ष ओलीले भीम रावललाई उपाध्यक्षको हैसियतमा समन्वय गर्ने र भट्टले इन्चार्जको रुपमा काम गर्ने बताएपछि उनी त्यसमा असहमत भएका हुन्।

यसअघि १० बुँदे सहमति कार्यान्वयन गर्न रावल भट्ट र थापालाई जिम्मेवारी दिइएको थियो। रावललाई उपाध्यक्षको हैसियतमा भट्टलाई प्रदेश इन्चार्जको हैसियतमा तथा थापालाई प्रदेशको अध्यक्षको हैसियतमा त्यो जिम्मेवारी तोकिएको ओलीले स्पष्ट पारेका थिए।

‘जेठ २ कार्यान्वयनको लागि उपाध्यक्षको हैसियतमा तपाइंले संयोजनकारी भूमिका निर्वाह गर्ने जिम्मेवारी हो’ अध्यक्ष ओलीले रावललाई भनेका थिए। छलफलमा रावलले भने आफू अन्यायमा परेको बताएका थिए। ‘सबै ठाउँमा जेठ २ कार्यान्वयन भयो सुदूरपश्चिममा मात्रै किन नहुने ?’ उनले ओलीलाई भनेका थिए ‘ममाथि अन्याय हुँदैछ। ’दिनेश खबरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार