होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, मंसिर १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • रानाथारू भाषालाई कामकाजी भाषा नबनाएकोमा आपत्ति
समाचार

रानाथारू भाषालाई कामकाजी भाषा नबनाएकोमा आपत्ति

  • नागरिक रैबार
रानाथारू भाषालाई कामकाजी भाषा नबनाएकोमा आपत्ति

धनगढी । कैलाली र कञ्चनपुरका रानाथारू समुदायले रानाथारू भाषालाई सुदूरपश्चिममा प्रदेशको कामकाजी भाषा नबनाएकोमा आपत्ति जनाएका छन् ।

भाषा आयोगको सिफारिसमा डोटेली र थारु भाषालाई प्रदेशको सरकारी कामकाजी भाषामा रुपमा मान्यता दिएपनि रानाथारू भाषा नअटाएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।

 

विज्ञापन

नेपाल रानाथारु समाजलगायतका रानाथारु आवद्ध विभिन्न संघसंस्थाले आइतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै रानाथारू भाषालाई पनि कामकाजी भाषाका रूपमा सिफारिस गर्न आयोगसँग माग गरेका हुन् ।

आयोगले डोटेली र थारू भाषालाई कामकाजी भाषाको मान्यता दिएकोमा आफूहरुको कुनै असहमती र आपत्ति नरहेको बताउँदै नेपाल रानाथारू समाजका अध्यक्ष कृपाराम रानाले रानाथारु भाषालाई पनि कामकाजी भाषाको मान्यता दिनुपर्ने बताए ।

उनीहरुले प्रदेश सरकारका हरेक निकायमा रानाथारूका लागि आरक्षण सुनिश्चित गर्न समेत माग गरेका छन् । रानाथारू भाषालाई सरकारी कामकाजको भाषा बनाउन र आरक्षण सुनिश्चितताका लागि दबाब दिन भन्दै दबाबमूलक आन्दोलनका कार्यक्रम समेत घोषणा गरिएको छ ।

कार्यक्रम अन्तरगत सोमबार धनगढीमा विरोध प्रर्दशन गर्ने रानाथारु समाजले जनाएको छ । भाषा आयोगले हालै सुदूरपश्चिम प्रदेशमा डोटेली र थारू भाषालाई सरकारी कामकाजी भाषा बनाउन सरकारसमक्ष सिफारिस गरेको थियो । तर रानाथारू भाषा नअटाएपछि कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएको यो समुदाय असन्तुष्ट बनेको छ ।

विगतमा थारू समुदाय अन्तर्गत राखिएको रानाथारूलाई सरकारले गत वर्षको जेठमा आदिवासीको सूचीमा सूचीकृत गरेको थियो । कैलाली र कञ्चनपुरमा मात्रै रानाथारू समुदायको बसोवास गर्दै आएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार