होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • देश र जनताभन्दा सांसद् पद ठूलो होइन– टोपबहादुर रायमाझी
राजनीति

देश र जनताभन्दा सांसद् पद ठूलो होइन– टोपबहादुर रायमाझी

  • नागरिक रैबार
देश र जनताभन्दा सांसद् पद ठूलो होइन– टोपबहादुर रायमाझी

रामेछाप । जतिबेला चारजना सांसद्को सदस्यता पुष्पकमल दाहाल प्रचण्डको चिठ्ठीका आधारमा प्रतिनिधि सभाबाट खारेज गरिँदै थियो त्यसबेला टोपबहादुर रायमाझी रामेछापमा हुनुहुन्थ्यो ।

रामेछापको सुनापति गाउँपालिकामा आयोजित वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै टोपबहादुर भन्दै हुनुहुन्थ्यो– ‘हामीलाई पद होइन पार्टी चाहिन्छ, हामीलाई जनता चाहिन्छ । पदका लागि मरिहत्ते गर्ने प्रचण्ड हो । हामी मन्त्री सांसद् जस्ता पद त्याग्न सक्छौं ।’

यस्तो भाषण गरेको केही बेरपछि काठमाडौंमा प्रतिनिधि सभामा सभामुख अग्निप्रसाद सापकोटाले टोपबहादुर सहित चारजनाको संसद् सदस्यता खारेज गरिएको पत्र पढेर सुनाउनुभएको थियो ।

विज्ञापन

नेकपा एमाले केन्द्रीय सदस्य तथा उर्जा मन्त्री टोपबहादुरले रामेछापको कार्यक्रममा भन्नुभयो– ‘माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको काम नै सरकार ढाल्ने र पार्टी फुटाउने हो ।’जनआन्दोलनबाट आउँदा पहिलो पार्टी बनेको माओवादीलाई प्रचण्डले खुम्च्याउँदै ल्याएको बताउँदै टोपबहादुरले भन्नुभयो– ‘एमालेसँग नमिलेको भए प्रचण्ड नेतृत्वको माओवादी सबैभन्दा सानो पार्टी बन्ने थियो ।’

‘प्रचण्डले अहिलेसम्म नौ वटा सरकार ढाल्नुभयो, पार्टीलाई नौ दशवटा टुक्रा बनाउनु भयो, कमसे कम एमाले भन्ने एउटा पार्टी सग्लो थियो, यहाँ पसेर त्यसलाई पनि दुई टुक्रा पार्नुभयो’– टोपबहादुरले भन्नुभयो ।

पौडी खेल्दा ठूलो नदीमै खेल्नुपर्ने बताउँदै उहाँले आफूहरु एमाले नामको ठूलो पार्टीमा पौडी खेलेर पार लागेको बताउनुभयो । एमालेलाई फुटाउन खोज्ने केही नेताहरु डुब्न लागेको उहाँको भनाई थियो ।

देशको राजनीति ज्यादै नै उतार चढावको अवस्थाबाट अगाडि बढिरहेकोे भन्दै उहाँले देशको राजनीति र कम्युनिष्ट आन्दोलनलाई धरासायी बनाइने हो कि भनेर कतिपयले चिन्ता गर्ने गरेको बताउनुभयो । भन्नुभयो– ‘तर अवस्था त्यस्तो छैन । देशको राजनीति नयाँ सिराबाट अघि बढ्छ ।’

नेकपा भित्रको अन्तरविरोध स्वाभाविक नभएर अस्वाभाविक भएको पनि बताउनुभयो । त्यो अन्तरविरोध वैचारिक र राजनीतिक नभएर पद प्रतिष्ठासँग सम्बन्धित भएको बताउनुभयो । ‘कसैलाई प्रधानमन्त्री चाहिने, कसैलाई राष्ट्रपति चाहिने, कसैलाई पार्टी अध्यक्ष चहिने, त्यो लोभलालचबाट प्रमुख नेताहरु समेत विचलित हुनुभयो’, उहाँले भन्नुभयो ।

भन्नुभयो– ‘हामीले पहिला नै भनेका थियाँै कि सांसद्, मन्त्री भन्ने कुरा राष्ट्र, पार्टी, विचार, आन्दोलन, राजनीति र जनता भन्दा माथि होेइन, विचार ठीक भयो भने सांसद्, मन्त्री पद आइरहन्छ ।’

अहिले प्रचण्ड ‘एनिहाउ केपी ओली हटाउ’ अभियानमा लाग्नुभएको उहाँले बताउनुभयो । ‘अहिले प्रचण्डजी प्रधानमन्त्री खोज्दै हिँड्नु भएको छ, तर उहाँले पाउनुभएको छैन’, टोपबहादुरले भन्नुभयो । केपी ओली बाहेकको नेतृत्वमा सरकार बन्ने अवस्था नरहेको भन्दै अबको बाटो चुनाव नै हो भन्नुभयो ।सनराइजखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार