होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ ७, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • प्रदेश नम्बर २ को प्रदेश सभा बैठक छ महिनापछि आज बस्दै
देश/प्रदेश

प्रदेश नम्बर २ को प्रदेश सभा बैठक छ महिनापछि आज बस्दै

  • नागरिक रैबार
प्रदेश नम्बर २ को प्रदेश सभा बैठक छ महिनापछि आज बस्दै

प्रदेश नम्बर २ को प्रदेश सभा बैठक आज बस्दैछ। करिब छ महिनापछि सोमबार प्रदेश नम्बर २ को बैठक बस्न लागेको हो। बैठक सोमबार दिउँसो १ बजे बस्दैछ।

प्रदेश सभाको यो पाँचौं अधिवेशन हो। प्रदेशसभाको चौथो अधिवेशन कात्तिक ३ गते सकिएको थियो।प्रदेश सभा बैठकअघि कार्यव्यवस्था समितिको बैठक बोलाइएको छ। तर बैठकमा बस्ने सदस्यहरूको टुंगो लागेको छैन। त्यसैले बैठक बस्न ढिलाइ भइरहेको प्रदेश सभा सचिवालयका निमित्त सचिव रञ्जित यादवले बताए।

नेकपा पार्टी ऋषि कट्टेलको भएको सर्वोच्चको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र अस्तित्वमा आएका छन्। साथै जसपा पनि एकता भएकोले कार्यव्यवस्था समितिको सदस्य फेरबदल गर्न दललाई पत्र पठाए पनि उनीहरूले नाम दिएका छैनन्। आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्रबारे जानकारी गराएर शुभकामना दिने कार्यसूची तय छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार