दार्चुला: दार्चुलामा एक धामीको काँप्दाकाँप्दै ज्यान गएको छ। जिल्लाको मार्मा गाउँपालिका–४ लिउडेखोला बस्ने ३३ वर्षीय तारासिंह धामी सोही ठाउँका परमले धामीको घरमा शुक्रबार मृत फेला परेको प्रहरीले जनाएको छ। घरबाट लटिनाथ बजार जान्छु भनेर हिँडेका उनी नफर्किएपछि खोजी गर्ने क्रममा उक्त घरमा शव फेला परेको हो।
मृतक तारासिह धामीलाई स्थानीयले घरमा पुजापाठ गर्न र धामी काँप्न बोलाएकोमा काँप्दाकाँप्दै ढलेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए।
उनका अनुसार शवको पोष्टमार्टम भइरहेको छ। ‘शव पोष्टमार्टमपछि आफन्तले बुझेका छन्। रिपोर्ट नआइसकेको र थप अनुसन्धान भएपछि मात्रै मुत्युको कारण खुल्ने छ,’ उनले भने।
फेसबुक प्रतिक्रियाहरु