होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सरकारद्वारा पशुपंक्षीबाट मानिसमा सर्ने १० रोगको प्राथमिकिकरण
समाचार

सरकारद्वारा पशुपंक्षीबाट मानिसमा सर्ने १० रोगको प्राथमिकिकरण

  • नागरिक रैबार
सरकारद्वारा पशुपंक्षीबाट मानिसमा सर्ने १० रोगको प्राथमिकिकरण

मानिसमा सर्ने १० वटा रोगलाई प्राथमिकताका आधारमा जुनोटिक सूचीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राखेको हो । प्रथम जुनेटिक रोगहरुको प्राथमिकिकरण राष्ट्रिय कार्यशाला गोष्ठिले १० वटा रोगलाई जुनोटिक रोगमा समावेश गरेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए ।

सिजनल इन्फ्लुएन्जा, रेबिज, कोरोनाभाइरस, ब्रुसेलोसिस,सालमोनेलोसिस÷लेस्मिनियासिस, जुनोटिक क्षय रोग, सिस्टिकर्सोसिस/हाइडाटिडोसिस र टोक्जोप्लास्मोसिस रोगहरुलाई जुनोटिक रोगको प्राथमिकतामा राखिएको डा. पौडेलले जानकारी दिए । सरकारले यस अघिपनि ६ वटा जुनोटिक रोग प्राथमिकिकरण गरेको छ । वर्षेनी जुनोटीक रोगका कारण विश्वमा १ करोड मानिस बिरामी पर्छन भने १० लाखको मृत्यु हुने गरेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार