होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज ६, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • युरोकपको उद्घाटन खेलमा इटली र टर्की भिड्दै
खेलकुद

युरोकपको उद्घाटन खेलमा इटली र टर्की भिड्दै

  • नागरिक रैबार
युरोकपको उद्घाटन खेलमा इटली र टर्की भिड्दै

२८ जेठ, काठमाडौं । कोरोना महामारीका कारण एक वर्षपछि सरेको १६औं संस्करणको युरोकप आजदेखि सुरु हुँदैछ । २४ राष्ट्रको सहभागी रहेको युरोकप विभिन्न ११ देशमा हुँदैछ ।

प्रतियोगिताको उद्घाटन खेल इटली र टर्कीबीच हुँदैछ । इटली ११ आयोजक मध्ये एक हो र समूह ए मा रहेका यी दुई टिमबीचको खेल रोमस्थित ओलम्पिया स्टेडियममा हुँदैछ ।

खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ । इटली एक पटकको च्याम्पियन टिम हो भने टर्कीको उत्कृष्ट नतिजा सेमिफाइनलसम्म पुग्नु हो ।

विज्ञापन

इटली र टर्की युरोकपमा खेल्न लागेको यो दोस्रो पटक हो । यसअघि सन् २००० मा भएको यरोमा इटलीले टर्कीलाई २-१ ले पराजित गरेको थियो । उक्त खेलमा अहिले प्रशिक्षक बनिसकेका एन्टोनिओ कोन्टे र फिलिपो इन्जाघीले गोल गरेका थिए । टर्कीका लागि ओकान बुरुकले गोल गरेका थिए । त्यसअघि सन् १९६४ को युरो छनोटमा इटली ६-० ले विजयी हुँदा अल्बर्टो ओर्लान्डोले ४ गोल गरेका थिए ।

इटलीले पछिल्लो १० भेटमा टर्कीसँग हार बेहोरेको छैन । टर्की यसअघिको चार युरोकपको पहिलो खेलमै पराजित भएको थियो । जसमा २००० मा इटलीसँगको हार पनि थियो ।

इटली सन् २०१८ सेप्टेम्बर यता २७ खेलमा अपराजित छ ।

इटली १०औं र टर्की पाँचौ पटक युरोकप खेल्दैछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै