होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कर्णाली सरकारमा अब एमाले पनि, बन्याे संयुक्त सरकार
समाचार

कर्णाली सरकारमा अब एमाले पनि, बन्याे संयुक्त सरकार

  • नागरिक रैबार
कर्णाली सरकारमा अब एमाले पनि, बन्याे संयुक्त सरकार

कर्णाली सरकारमा अब एमालेबाट तीन जना मन्त्रीकाे सहभागिता छ । ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासका मत दिँदा कारबाहीमा परेका ४ जना सांसदकाे पुनर्बहालीसँगै एमाले अब सत्ता साझेदारका रूपमा देखिएकाे हाे ।

मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका एमाले कर्णाली प्रदेशसभा सदस्य प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई सर्वाेच्च अदालतले पुनर्बहाली गर्न आदेश दिएको हो ।

अदालतले भनेकाे छ, ‘नेकपा एमालेको दसाैं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले गरेको २०७८ साल वैशाख १० मा बसेको बैठकको निर्णय भनी नेकपा (एमाले)को लेटर प्याडमा उल्लेख गरेको कर्णाली प्रदेशसभा सदस्य र कर्णाली प्रदेश संसदीय दलको सदस्य पदसमेत निष्काशन गरेको निर्णय तथा सो आधारमा मिति २०७८ वैशाख १२ मा नेकपा कर्णाली प्रदेशसभाको संसदीय दलको कार्यालयको प्रदेशसभा सचिवालय कर्णाली प्रदेशलाई लेखेको पत्र र सोको आधारमा निर्वाचन आयोगले गरेको पत्राचार कार्यान्वयन नगर्नू, नगराउनू र निवेदकहरूलाई कर्णाली प्रदेशसभा सदस्य तथा नेकपा(एमाले) कर्णाली प्रदेश संसदीय दलको सदस्य पदका हैसियतले यथावत् काम गर्न दिनू भनी विपक्षीहरूको नाममा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९(२) (क) बमोजिम अन्तरिम आदेश जारी गरिएको छ ।’

विज्ञापन

कर्णाली सरकारमा ८ जनाको मन्त्रीमण्डलमा एमालेबाट ३ जना, कांग्रेसबाट २ जना र माओवादी केन्द्रका मुख्यमन्त्रीसहित ३ जना मन्त्री छन् । कर्णालीमा राप्रपाबाहेकका प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबैको संयुक्त सरकार बनेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार