होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गिरफ्तारी दिँदै झाँक्रीले भनिन् : ‘लोकतन्त्र खोसिँदैछ’
समाचार

गिरफ्तारी दिँदै झाँक्रीले भनिन् : ‘लोकतन्त्र खोसिँदैछ’

  • नागरिक रैबार
गिरफ्तारी दिँदै झाँक्रीले भनिन् : ‘लोकतन्त्र खोसिँदैछ’

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता रामकुमारी झाँक्रीले आफूहरुले कहिल्यै नखोसिने लोकतन्त्रको लागि लडेको बताएकी छन्। बिहीबार प्रहरीलाई गिरफ्तारी दिनुअघि गरेको सम्बोधनमा उनले लोकतान्त्रिक अधिकार खोसिएको संकेत गरिन्। केही बेरअघि उनलाई प्रहरीले बुद्धनगरस्थित घरबाट गिरफ्तार गरेको हो।

गिरफ्तारी दिँदै रामकुमारी झाँक्रीले भनेकी छन्ः

हामीले लडेर ल्याएको लोकतन्त्र खोसिँदैछ। यो घडीसम्म आइपुग्दा आज पनि हामी लोकतन्त्रकै लागि लडिरहेका छौँ। केपी ओलीको सत्ताले मलाई राज्यविरुद्धको कसुरअन्तर्गत अनुसन्धान गर्न भन्दै पक्राउ गरेको छ। हामी कुन राजनीतिक अवस्थामा, कुनै मोडमा छौँ भन्ने कुरा तपाईं हामी सबैलाई थाहै छ। मैले पक्राउ पुर्जी ल्याए मात्रै गिरफ्तारी दिन्छु भनेकी थिएँ। सोहीअनुसार पक्राउ पुर्जी ल्याएपछि म आफ्नै निवासबाट गिरफ्तारी दिँदैछु।

राज्यको आदेश तामिले गर्ने सन्दर्भमा मेरो निवास वरिवरि खटिनुभएका सुरक्षा निकायका साथीहरूलाई पनि म धन्यवाद दिन चाहन्छु। भीडभाडमा तपाईंहरूमाथि कुनै खालको अप्ठेरो परेको भए क्षमता चाहन्छु।

केही दिनअघि गोरखामा आयोजित एक कार्यक्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध अभिव्यक्ति दिएका कारण प्रक्राउ गर्न प्रहरी उनको निवासमा पुगेको थियो। तर, प्रहरीले पक्राउ पूर्जी नलगेको कारण उनले सुरुमा गिरफ्तार दिन अस्वीकार गरेकी थिइन्। पछि प्रहरीले पक्राउ पूर्जी थमाएको थियो। उनलाई राज्य विरुद्धको कसुर लगाइएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ५ दिन अगाडि

भर्खरै