होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, कार्तिक १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • बजेट राम्रो छ, हामीसँग सल्लाह गरेको भए हुन्थ्यो : सुरेन्द्र पाण्डे
राजनीति

बजेट राम्रो छ, हामीसँग सल्लाह गरेको भए हुन्थ्यो : सुरेन्द्र पाण्डे

  • नागरिक रैबार
बजेट राम्रो छ, हामीसँग सल्लाह गरेको भए हुन्थ्यो : सुरेन्द्र पाण्डे

काठमाडौं। नेकपा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले संसदमा प्रस्तुत गरिएको संशोधित बजेट निधारमा लगाइएको टीकाजस्तो भएको बताएका छन्।पूर्वअर्थमन्त्री पाण्डेले नयाँ सरकार आएपछि केही भनिदिनुपर्छ भनेर भनिएको विवरण भएको बताए। तर सबै दलसँग सल्लाह गरेर यो काम गर्दा पनि उचित हुने पाण्डेले बताए। ‘सबै दलसँग सल्लाह गरेर सहमतिमा ल्याइएको भए धेरै राम्रो हुन्थ्यो। नाराबाजीको बीचमा भन्दा त्यसो गर्दा छलफल हुन्थ्यो। कुरा राख्ने वातावरण बनाउन हुन्थ्यो,’ पाण्डेले भने।तर सरकारले हतार गरेको उनले बताए। ‘हतार थिएन, दुई चार दिन बातचित गरेर ल्याइएको भए हुन्थ्यो,’ पाण्डेले भने। अर्थमन्त्री जनार्दन शर्माले एमालेको नाराबाजी बीच चालु आर्थिक वर्षका लागि संशोधित बजेट ल्याएका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै