होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, चैत्र १९, २०८१
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • बजारमा प्रहरी भन्दै हिड्यो “तपाईको मास्क खोइ” ?
बडीमालिका

बजारमा प्रहरी भन्दै हिड्यो “तपाईको मास्क खोइ” ?

  • नागरिक रैबार
बजारमा प्रहरी भन्दै हिड्यो “तपाईको मास्क खोइ” ?
फाेटाहरु डिपिओकाे फेसबुकबाट

नागरिक रैबार ।

बाजुरा २६ साउन ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रतिनिधिमुलक प्रहरीहरु बजारमा भेटे जतिका सर्वसाधारणहरुलाई तपाईको मास्क खोई भन्दै नभएकाहरुलाई मास्क लगाउन सुझाउँदै उनीहरुलाई मास्क वितरण गर्दै हिडिरहेको छ ।

विज्ञापन

May be an image of 1 person and outdoors

“नेपाल मास्क अभियान” साप्ताहिक कार्यक्रम अन्तर्गत कोभिड-१९ को संक्रमणबाट उत्पन्न हुन सक्ने जोखिम न्युनिकरणको लागि जिल्ला बाजुरा बडीमालिका नगरपालिका वडा नं. ८ र ९ मार्तडी बजार एरियामा जनस्वास्थ्य सुरक्षाका सम्पूणर् मापदण्डहरु पूणर् पालना गरी “तपाईको माक्स खोई ?”, सामाजिक दुरी कायम गरौ, साबुन पानीले हात धुने गरौ, जस्ता सचेतना मुलक प्लेकार्ड सहित माईकिङ गरी माक्स नलगाई हिडडुल गर्ने सर्वसाधारण, सवारी चालक/सह-चालक र यात्रुहरुलाईसमेत सचेत गराई रहेको जिल्ला प्रहरी कार्यालयले डिपिओ बाजुराको आधिकारीक फेसबुक पेज अर्थात सामाजिक सञ्जालमार्फत जनाएको छ ।
May be an image of one or more people, people standing, road and text that says 'POLICE'

यसै क्रममा सर्वसाधारणका लागि ४५० थान माक्स बितरण तथा सम्झाई बुझाई हुने गरी सचेतना मुलक र्‍याली कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ  ।
May be an image of 1 person, standing and outdoors

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार