होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन ११, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • माधव नेपाल : सरकारका मान्छेले मसँग कुरै गर्‍या छैनन्
समाचार

माधव नेपाल : सरकारका मान्छेले मसँग कुरै गर्‍या छैनन्

  • नागरिक रैबार
माधव नेपाल : सरकारका मान्छेले मसँग कुरै गर्‍या छैनन्

२६ फागुन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिलेको सरकारका विषयमा आफूसँग कसैले कुरा नगरेको टिप्पणी गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारले उनलाई केपी ओली नेतृत्वको सरकार गिराउन एमालेभित्रैबाट लाग्नुभएको छ भन्ने आरोप छ नि ? भनी सोधेका थिए ।

 

जवाफमा उनले भने, ‘खै मलाई थाहा छैन । कसैले मलाई भन्न आएको पनि छैन ।’वर्तमान सरकारको निरन्तरताको पक्षमा हुनुहुन्छ कि हुनुहुन्न ? भन्ने अर्को प्रश्नमा नेता नेपालले भने, ‘सरकारका मान्छेले म संग कुरै गर्‍या छैनन् ।’

तपाईंहरुकै सरकार होइन र ? भन्ने अर्को प्रश्नमा नेपालले जवाफ दिए, ‘खोइ त्यही भन्छन् ।’बुधबार नै संसद भवन नयाँ वानेश्वरमा वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमाले ओली नेतृत्वको सरकार जोगाउन लाग्ने बताएका थिए ।

पत्रकारहरुले खनालको अभिव्यक्ति सुनाउँदै वरिष्ठ नेता नेपाललाई सोधे, ‘झलनाथ खनालले यही सरकार टिकाउन लाग्छौं भन्नुभएको छ नि ?जवाफमा नेपालले भने, ‘अहिले म संग कसैले कुरै गरेको छैन, टिकाउने नटिकाउने भन्ने बारेमा ।’

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आए के गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनले प्रस्ताव आएपछि कुरा गर्ने जवाफ फर्काए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ६ दिन अगाडि

भर्खरै