होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, साउन १४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बंगलादेशबाट युरिया मल वीरगञ्ज आइपुग्यो
समाचार

बंगलादेशबाट युरिया मल वीरगञ्ज आइपुग्यो

  • नागरिक रैबार
बंगलादेशबाट युरिया मल वीरगञ्ज आइपुग्यो

२६ फागुन, वीरगञ्ज । नेपाल सरकारले बंगलादेशसँग खरिद गरेको युरिया मल वीरगञ्ज आइपुगेको छ । २ हजार ५ सय मेट्रिक टन युरिया मल वीरगञ्ज आइपुगेको हो ।

मल बोकेको एउटा रेल्वे र्‍याक मंगलबार वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा आइपुगेको कृषि सामग्री कम्पनीको प्रदेश स्तरीय कार्यालय वीरगञ्जका प्रमुख गोरखनाथ केसीले जानकारी दिए । बंगलादेशबाट ल्याउन लागेको ५० हजार मेट्रिक टन युरिया मलमध्ये पहिलो लट २२ हजार ५ सय मेट्रिक टन युरिया आउँदैछ ।

 

भारतको कोलकाता बन्दरगाह हुँदै रेलमार्ग मार्फत नेपाल आउने क्रममा छ । २२ हजार ५ सय मेट्रिक टनमध्ये ५ हजार ६ सय २५ मेट्रिक टन कोलकाताबाट सोझै ट्रकमा विराटनगर लगिने कृषि सामग्री कम्पनीले जनाएको छ ।

बाँकी ९ हजार मेट्रिक टन युरिया मल वीरगञ्ज ल्याइनेछ । सुख्खा बन्दरगाह आइपुगेको २ हजार ५ सय मेट्रिक टन मल भन्सार जाँच पासको प्रक्रिया पूरा गरेपछि कृषि सामग्री कम्पनीको प्रदेश स्तरीय कार्यालय वीरगञ्ज आउने क्रममा रहेको केसीले बताए । दुई तीन दिनको फरकमा मल बोकेर रेल आउने र बाँकी मल भने २० दिनभित्र आइपुग्ने उनको भनाइ छ ।

सुख्खा बन्दरगाहबाट ट्रकमा ढुवानी गरी मल वीरगञ्जसम्म ल्याइने गरिएको छ । वीरगञ्जमा ल्याइएको मल कृषि सामग्री कम्पनीको विभिन्न कार्यालयमा दर्ता भएका कृषि सहकारी मार्फत किसानलाई वितरण गरिनेछ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै