होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कोरियाली कम्पनीको कोरोना खोपको नेपालमा क्लिनिकल ट्रायलको तयारी
समाचार

कोरियाली कम्पनीको कोरोना खोपको नेपालमा क्लिनिकल ट्रायलको तयारी

  • नागरिक रैबार
कोरियाली कम्पनीको कोरोना खोपको नेपालमा क्लिनिकल ट्रायलको तयारी

२६ पुस २०७७ काठमाडौं । कोरियाली कम्पनीले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपको क्लिनिकल ट्रायल नेपालमा पनि गरिने भएको छ ।

इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट (आईभीआई) कोरियाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप नेपालका शिक्षण अस्पताल महाराजगञ्ज र धुलिखेल अस्पतालमामा क्लिनिकल ट्रायल गर्ने तयारी गरिएको हो ।

 

विज्ञापन

हिमालय टेलिभिजनका अनुसार खोप ट्रायल गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को इथिकल बोर्डले समेत स्वीकृति दिन उपयुक्त भएको ठहर गरिसकेको छ ।

खोप ट्रायलका विषयमा अब मन्त्रिपरिषद्ले स्वीकृति दिएमा केही सातामै कोरोना भाइरसविरुद्ध आईभीआईको खोपको क्लिनिकल ट्रायल सुरु हुनेछ ।

अनुसन्धान परिषद्को इथिकल बोर्डले खोपको क्लिनिकल ट्रायल सुरु गर्ने अनुमतिका लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाउने तयारी गरेको परिषद्का सदस्य सचिव डा प्रदीप ज्ञवालीले हिमालय टेलिभिजनलाई बताएका छन् ।

परीक्षणका लागि १८ सय जनामा खोप दिइने तयारी भएको छ। खोप ट्रायलमा प्रमुख अनुसन्धानकर्ता डा लक्ष्मण श्रेष्ठसहित डा दिव्या सिंह शाह लगायत नेपाली चिकित्सक छन् ।

प्रमुख अनुसन्धानकर्ता डा श्रेष्ठले मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि ट्रायल सुरु हुने बताए । त्यसका लागि अनुसन्धानकर्ताहरूले त्रिवि शिक्षण अस्पतालमा केही दिनअघि अवलोकन पनि गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार