होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सहुलियत कर्जा : ब्याज अनुदानमा ९ अर्ब खर्च, स्वरोजगार ऋण लिने युवा भेटिएनन् !
समाचार

सहुलियत कर्जा : ब्याज अनुदानमा ९ अर्ब खर्च, स्वरोजगार ऋण लिने युवा भेटिएनन् !

  • नागरिक रैबार
सहुलियत कर्जा : ब्याज अनुदानमा ९ अर्ब खर्च, स्वरोजगार ऋण लिने युवा भेटिएनन् !

काठमाडौं । सरकारले ल्याएको सहुलियत पूर्ण कर्जा कार्यविधि अनुसार नेपाल राष्ट्र बैंकले ब्याज अनुदानमात्रै नौ अर्ब बढी दिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विभिन्न बैंकहरुबाट दुई खर्ब ३१ अर्ब ४३ करोड ३६ लाख ६४ हजार रुपैयाँ विभिन्न शीर्षकमा सहुलियत कर्जा स्वीकृत भएको छ । लगानी भएको कर्जाहरूबाट असार मसान्तसम्म नौ अर्ब रुपैयाँभन्दा बढी ब्याज अनुदान उपलब्ध गराइएको राष्ट्र बैंकले बताएको छ ।

बैंकले सुहलियत ब्याजदर अनुसार बेस रेटमा दुई प्रतिशत प्रिमियम जोडेर ऋण लगानी गर्ने गरेका छन् । दुई प्रतिशत प्रिमियम जोड्दा हुने ब्याजदरमा पनि सरकारले पाँच प्रतिशत अनुदान दिनेछ । अनुदान वापतको रकम भने बैंकहरुले राष्ट्र बैंकसँग दावी लिने गरेका छन् ।

बैंकले ब्याज अनुदान वापतमात्रै नौ अर्ब १५ करोड २१ लाख ५८ हजार रुपैयाँ भुक्तानी गरेको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवुकमार ढकालले बताए । हालसम्म वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले दुई खर्ब ३१ अर्ब ४३ करोड ३६ लाख ६४ हजार रुपैयाँ लगानी गरेका छन् । लगानी गरेको कुल सहुलियत कर्जामध्ये एक खर्ब ९८ अर्ब ९२ करोड ३९ लाख ७७ हजार रुपैयाँ लगानीमै रहेको छ ।

विज्ञापन

कृषि कर्जामा आकर्षण

निकै लोकप्रिय मानिएको शिक्षित युवा स्वरोजगार कर्जा साथै उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा पनि धेरै लगानी हुन सकेको छैन
सरकराले सहुलियत कर्जासम्बन्धी कार्यविधि बनाएर २०७५ सालमै लागू गरेको थियो । यो कार्यविधि अनुसार विभिन्न १० शीर्षकमा सहुलियत ब्याजदरमा ऋण पाउन सक्ने व्यवस्था छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको तथ्यांक अनुसार केही शीर्षकमा निकै राम्रो आकर्षण देखिएको छ भने केही शिर्षकहरुमा कर्जा लिने मान्छे नै पाउन मुश्किल देखिएको छ ।

राष्ट्र बैंकका अनुसार सबैभन्दा धेरै आकर्षण कृषि कर्जामा देखिएको छ । ‘क’ वर्गका वाणिज्य बैंकहरुले मात्रै असोज मसान्तसम्म एक खर्ब ३४ अर्ब ६३ करोड ७३ लाख ८५ हजार रुपैयाँ कृषि तथा व्यवसायिक पशुपंक्षी कर्जालगानी गरेका छन् । विकास बैंकहरुले १३ अर्ब तीन करोड १४ लाख ३९ हजार रुपैयाँ र फाइनान्स कम्पनीहरुले एक अर्ब ६१ करोड १३ लाख ५६ हजार रुपैयाँ कर्जा लगानी गरेका छन् । लघुवित्त वित्तीय संस्थाहरुमार्फत समेत तीन करोड ८३ लाख ४० हजार रुपैयाँ कृषि कर्जा लगानी भएको छ । सबैको जोड्दा असोज मसान्तसम्म एक खर्ब ४९ अर्ब ३१ करोड ८५ लाख २१ हजार रुपैयाँ लगानी भएको छ ।

कृषि पछि धेरै कर्जा लगानी हुनेमा महिला उद्यमशील कर्जा देखिएको छ । वाणिज्य बैंकहरुले ५८ हजार ९४५ जना महिलालालाई ६१ अर्ब आठ करोड ४९ लाख ४८ हजार रुपैयाँ महिला उद्यमशील कर्जा लगानी गरेका छन् । ऋण लिनेको संख्याका आधारमा हेर्ने हो भने भने महिला उद्यमशील कर्जा कृषि कर्जा भन्दा धेरै देखिएको छ । तर रकमका आधारमा कृषि कर्जा धेरै लगानी भएको छ । यस अवधिमा विकास बैंकहरुले १४ अर्ब दुई करोड ९९ लाख १४ हजार रुपैयाँ, फाइनान्स कम्पनीहरुले एक अर्ब नौ करोड ७० लाख ८१ हजार रुपैयाँ र लघुवित्त संस्थामा ७ करोड १८ लाख ५० हजार रुपैयाँ गरी महिला उद्यमशील कर्जामा ७६ अर्ब २८ करोड ३७ लाख ९३ हजार रुपैयाँ लगानी भएको छ ।

२ जनाले मात्रै लिए युवा स्वरोजगार कर्जा

सहुलियत ब्याजमा पाइने कर्जाका १० शीर्षक मध्ये युवा वर्ग स्वरोजगार कर्जामा सबैभन्दा कम लगानी भएको पाइएको छ । राष्ट्र बैंकका अनुसार हालसम्म दुई जनालेमात्रै यस्तो कर्जाको उपयोग गरेका छन् । युवा वर्ग स्वरोजगार कर्जा शीर्षकमा वाणिज्य बैंकहरुबाट जम्मा दुई जनाका लागि मात्रै ऋण लगानी भएको राष्ट्र बैंकले बताएको छ ।

प्राविधिक तथा व्यवसायिक तालिमका लागि समेत बैंक तथा वित्तीय संस्थाहरुले सहुलियत ऋण उपलब्ध गराउने गरेका छन् । तर यो शीर्षकमा पनि हालसम्म १७ जनाले मात्रै ऋण लिएको राष्ट्र बैंकले बताएको छ । निकै लोकप्रिय मानिएको शिक्षित युवा स्वरोजगार कर्जा साथै उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा पनि धेरै लगानी हुन सकेको छैन ।

उच्च तथा प्राविधिक शिक्षा अध्ययनका लागि सर्टिफिकेट धितोमा उपलब्ध हुने भनिएको कर्जा हालसम्म एक ३८ जनाले मात्रै पाएका छन् । शिक्षित युवा स्वरोजगार कर्जा पनि कार्यविधि लागू भएको तीन वर्ष वितिसक्दा जम्मा एक सय ४८ जनाले मात्रै लिएको राष्ट्र बैंकले बताएको छ ।

तालिकामा हेर्नुस् कुन शीर्षकमा कति कर्जा ?

सि.नं. कर्जाको शीर्षकऋण संख्या   ऋण रकम(हजारमा)     
१.व्यवसायिक कृषि तथा पशुपंक्षी५३,७८५१४,९३,१८,५२१
२.शिक्षित युवा स्वरोजगार१४८७७,८४३
३.विदेशबाट फर्केका युवा परियोजना९२८७,६४,२४९
४.महिला उद्यमशील७३,०७८७,६२,८३,७९३
५.दलित समुदाय व्यवसाय विकास१,०७४७,३९,४६२
६.उच्च र प्राविधिक तथा व्यवसायिक१३८४५,८२६
७.भूकम्पपीडित निजी आवास२२८७५,५८०
८.कपडा उद्योग सञ्चालन२८२४१,१९,६९१
९.सिटिइभिटीबाट मान्यताप्राप्त तालिम४००
१०.युवा वर्ग स्वरोजगार कर्जा१७८,३००
जम्मा१,२९,६८०२३,१४,३३,६६४

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै