काठमाडौं: जनगणनाका लागि घर–घरमा पुग्ने गणकहरुलाई झुक्कायो, झुटो बोल्यो जा असहयोग गरेमा कारबाही हुने व्यवस्था रहेको छ। कानुनतः जनगणनामा असहयोग गर्नेलाई दुई महिना कैद वा दुई सय रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। जानीजानी कुनै झुट्टा खबर वा विवरण दिएमा वा दिलाएमा, विवरण तोकिएको म्यादभित्र नदिएमा वा दिन इन्कार गरेमा कानुन बमोजिम कारबाही हुन्छ।
तथ्याङक ऐन २०१५ मा भनिएको छ, ‘दफा ३ वा दफा ४ वा दफा ५ अन्तर्गत कुनै खबर वा विवरण दिनुपर्ने कर्तव्य भएका कुनै व्यक्तिले देहायको कसूर गरेमा निजलाई त्यस्तो प्रत्येक कसूरको निमित्त दुईसयसम्म जरिवाना वा दुई महिनासम्म कैद वा दुवै सजाय हुनेछ।’
विवरण संकलनका लागि बिहीबारदेखि गणकहरु आउँदैछन्। उनीहरुले आवश्यकताका आधारमा ५५ देखि ८० वटा प्रश्न सोध्ने केन्द्रीय तथ्याङक विभागले जनाएको छ।
फेसबुक प्रतिक्रियाहरु