होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • प्रदेश ७
  • तीज पर्वले सामाजिक, सांस्कृतिक एकता सुमधुर बनाउन सकोस् : मुख्यमन्त्री भट्ट
प्रदेश ७

तीज पर्वले सामाजिक, सांस्कृतिक एकता सुमधुर बनाउन सकोस् : मुख्यमन्त्री भट्ट

  • नागरिक रैबार
[sharethis-inline-buttons]
तीज पर्वले सामाजिक, सांस्कृतिक एकता सुमधुर बनाउन सकोस् : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले तीज पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध सुमधुर बनाउन सघाउ पुर्याउन सकोस् भनी शुभकामना व्यक्त गरेका छन् । हरितालिका तीज २०७८ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपाली महिला दिदीबहीनीमा सुख, शान्ति समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

 

“नेपाली समाजमा रहेका सबै खाले विभेद एवं हिंसाको अन्त्य र समतामुलक समाज निर्माणका लागि परिवर्तनकारी आन्दोलनमा महिलाहरुले खेलेको भूमिकाको उच्च प्रशंसा छ”, सन्देशमा उनले भनेका छन्, “अधिकारको सही अभ्यासका साथ थप अधिकारका लागि एकजुट भई लाग्न यस पर्वले प्रेरणा प्रदान गरोस् ।” उनले कोभिड–१९ बाट उत्पन्न परिस्थितिमा स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाएर खुसियालीका साथ पर्व मनाउन सम्पूर्ण दिदीबहीनीमा अपिल गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै