होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • रानीवन स्पोर्टस् क्लब बाजुराले ‘सी’ डिभिजन छनोट खेल्ने
समाचार

रानीवन स्पोर्टस् क्लब बाजुराले ‘सी’ डिभिजन छनोट खेल्ने

  • नागरिक रैबार
रानीवन स्पोर्टस् क्लब बाजुराले ‘सी’ डिभिजन छनोट खेल्ने

बाजुरा २५ साउन ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुन गइरहेको सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटवल प्रतियोगिता छनोटमा पहिलो पटक सुदूरपश्चिम प्रदेशबाट रानीवन स्पोर्टस् क्लब बाजुराको टोलीले सहभागिता जनाउने भएको छ ।
अर्को महिनाको १० गते आयोजना हुन गइरहेको लिगको छनोटका लागि रानीवन स्पोर्टस् क्लब बाजुराले आईतबार एन्फामा आफ्नो नाम दर्ता गराएको क्लबका सल्लाहकार नरेश रोकायाले बताउनु भएको छ ।

May be an image of 13 people, including Naresh Rokaya, people standing and outdoors
उहाँले रानीवन स्पोर्टस् क्लब बाजुरा सुदूरपश्चिमबाट सी छनोट खेल्न दर्ता हुने पहिलो क्लब समेत बनेको जनाएको छ ।
स्र्पोटस् क्लबले अहिले जिल्लाका विभिन्न ठाउँमा अभ्यास गर्न थालिरहेको छ । यस्तै छनोटका लागि टोलीको तयारीसँगै खेलाडी छनोट पनि भइरहेकोले इच्छुक खेलाडीलाई सम्पर्क गर्नसमेत क्लबले खुला आह्वान गरेको छ ।

May be an image of 15 people, including Naresh Rokaya and Skeleton King, people standing, grass and text that says 'RUN'
रानीवन स्पोर्टस् क्लब बाजुरा जिल्लामा २०६४ सालमा स्थापना भई क्लवले यस अघि जिल्ला भित्र र जिल्ला बाहिर समेतमा सहभागी भई विभिन्न खेलहरु खेल्दै जित हाँसिल गर्दै आफ्नो छवी उचो पारिसकेको छ ।

विज्ञापन

अहिले आएर अखिल नेपाल फुटवल सघं एन्फा सहित स्मारक सि डिभिजन लिग फुटवल प्रतियोगिताका लागि रानीवन स्र्पोटस् युथ क्लव बाजुरा छनौटमा पर्दा क्लबका अध्यक्ष धुब्र बहादुर रोकायाले खुशी व्यक्त गरेका छन् ।
भदौ १० गतेदेखि सुरु हुने सि डिभिजन लिग प्रतियोगितामा पहिलो पटक सहभागी हुन पाउन बाजुरा र सुदुपश्चिमकै गौरवको कुरा रहेको क्लवका अध्यक्ष रोकायाले बताए ।
क्लवको आर्थिक हैसियत अलि कम्जोर भएकाले खेलाडीको हौसला स्वरुप जिल्लाका सबै स्थानीय तह लगाएत सरोकारवालाहरु सँग आर्थिक सहयोगका लागि अपिल समेत गरिरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै