होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन १३, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • केपी-माधव एक ठाउँमा उभिदा मुख्यमन्त्री राई झन् शक्तिशाली
समाचार

केपी-माधव एक ठाउँमा उभिदा मुख्यमन्त्री राई झन् शक्तिशाली

  • नागरिक रैबार
केपी-माधव एक ठाउँमा उभिदा मुख्यमन्त्री राई झन् शक्तिशाली

२५ फागुन, विराटनगर । नेकपा एमाले र माओवादी केन्द्रलाई व्युँताउने सर्वाेच्च अदालतको फैसलाले राजनीतिक कोर्स नै परिवर्तन गरिदिएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई झन् शक्तिशाली बनेका छन् । प्रचण्ड पक्षको साथ छोडेर एमालेमै फर्किने माधव नेपाल पक्षको निर्णयले शेरधन शक्तिशाली बनेका हुन् ।

९३ जना सदस्य रहेको १ नम्बर प्रदेशसभामा एमालेका ५१ सदस्य छन् । बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेशमा सबै प्रतिपक्ष मिल्दा पनि ४२ मत मात्रै पुग्छ । प्रतिपक्षी मिल्दा सरकार ढाल्न सक्ने अवस्था नरहेका कारण मुख्यमन्त्री राई शक्तिशाली बनेका हुन् ।

यो अंकगणितसँगै मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको भविष्य के हुने भन्ने अन्योल छ । गत पुस १२ गते प्रचण्ड र माधव नेपाल पक्षका ३७ जनाले राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । तीमध्ये पाँच जनाले आफ्नो हस्ताक्षर फिर्ता लिइसकेका छन् ।

संविधान अनुसार अविश्वासको प्रस्ताव दर्ता भएका कारण सभामुखले छलफलमा लैजान सक्छन् । प्रस्ताव फिर्ता गर्न सक्ने सम्भावना पनि छ । त्यसैले आगामी चैत २ गते बोलाइएको प्रदेशसभा बैठकप्रति चासो छ ।

प्रस्तावमाथि के गर्ने भन्ने विषयमा छलफल भइरहेको प्रदेश १ प्रदेशसभा सचिव गोपालप्रसाद पराजुली बताउँछन् । ‘आजबाट हामी कानुनी परामर्श गर्छाैं,’ उनले भने, ‘परामर्शपछि कार्यव्यवस्था परामर्श समितिले निर्णय गर्छ ।’

नेकपाका एक सांसदका अनुसार अविश्वासको प्रस्ताव टेवल भइसकेका कारण छलफलको विकल्प छैन । तर प्रदेशसभा सभामुख प्रदीपकुमार भण्डारीले खुट्टा कमाएका कारण जटिलता देखिएको ती सांसद्को गुनासो छ । ‘प्रस्तावकले फिर्ता गर्ने वा संसदीय दलका नेताले हस्ताक्षर फिर्ताका लागि कडा हृवीप लगाउन सक्छन्,’ ती नेताले भने, ‘सांसद् पद जोगाउनका लागि हृवीप मान्नुपर्ने अवस्था पनि रहन सक्छ ।’

प्रदेश १ मा तत्कालीन एमालेका ५१ जना सदस्य छन् । जुन बहमुतको सरकार निर्माणका लागि पर्याप्त छ । माओवादी केन्द्रका १६ जना सदस्य छन् ।

तीन वर्षअघि प्रदेशमा एमालेभित्र पनि माधव नेपाल समूह बलियो थियो । नेपाल पक्षमा ३० र ओली समूहसँग २१ सदस्य थिए । तर २०७४ माघ २६ गते संसदीय दलको निर्वाचनमा दलको नेतामा ओली समूहका राईले २६ मत ल्याउँदै दलको नेता निर्वाचित हुँदा भीम आचार्यले २४ मत पाएका थिए । संसदीय दलको निर्वाचनमा एक मत बदर भएको थियो ।

पछिल्लो समय ओली समूहका राईसँग ३० जना देखिएका छन् । एमालेबाहेकका दल मिलेर प्रदेशमा सरकार बनाउनसक्ने अवस्था छैन ।

प्रदेश १ मा ९३ जना प्रदेशसभा सदस्य छन् । जसमा नेकपाको ६७, नेपाली कांग्रेसका २१, समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक-एक जना सदस्य छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै