सरकारले माघ ३० गते सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बुधबार सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको भूमि व्यवस्थामन्त्री शिवमाया तुम्बाहाङ्फेले बताइन।
सरकारले तीन वर्षअघि सोनाम ल्होसारलगायतका विभिन्न चाडपर्वमा दिइँदै आएको सार्वजनिक बिदा कटौती गरेको थियो।
फेसबुक प्रतिक्रियाहरु