होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • जुवा खेल्न नमान्दा व्यापारीले स्थानीयलाई कुटे
समाचार

जुवा खेल्न नमान्दा व्यापारीले स्थानीयलाई कुटे

  • नागरिक रैबार
[sharethis-inline-buttons]
जुवा खेल्न नमान्दा व्यापारीले स्थानीयलाई कुटे

धनगढीः बैतडीको डिलाशैनी गाउँपालिकामा एक पुरुषमाथि निर्घात कुटपिट भएको छ। डिलाशैनी-१ का ५७ वर्षीय अकबर रानामाथि स्थानीय व्यापारी महाबिर धामीले निर्घात कुटपिट गरेका हुन्।

रातको समयमा मदिरा सेवन गरेका धामीले जुवा खेल्न नमान्दा रानामाथी कुटपिट गरेको पीडित रानाका छोरा महेश रानाले जानकारी दिए। रानालाई घरबाट आफ्नो पसलमा लगेर कुटपिट गरिएको उनले बताए।

कुटपिटबाट रानाको टाउको, नाक, मुख र आँखामा चोट लागेको छ। घटनाका विषयमा प्रहरीलाई खबर गरेपछि प्रहरीले दुवै पक्षलाई सिमार प्रहरीचौकीमा बोलाएको छ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार