नागरिक रैबार /बाजुरा २४ असार । कृषि ज्ञान केन्द्र बाजुरा र बडिमालिका नगरपालिकाका वडा कार्यालयहरूकाे समन्वयमा बाजुरामा २५ वटा वाँदर धपाउने यन्त्र वितरण गरिएकाे छ । वडिमालिका नगरपालिकामा वडा नं ३ मा १० वटा, वडा नं ५ मा ४ वटा, वडा नं २ मा ५ वटा, वडा नं ८ मा २ वटा र ज्ञान केन्द्र मार्फत ५ गरि जम्मा २५ वटा यन्त्र वितरण गरिएकाे ज्ञान केन्द्र प्रमुख गाेविन्द सिजापतिले बताएका छन् । उहाँका अनुसार बाँदर धपाउने यस मसिनवाट वाँदरले बर्सेनि वालिनालिमा पुर्यायकाे ठुलाे क्षतिलाई न्युनिकरण गर्ने अपेक्षा गरिएकाे छ । वाँदर धपाउने यन्त्रकाे केही संख्या वाँकि भएकाेले वाँदरवाट पिडित भएका ईच्छुक कृषहरूकले तुरून्त कार्यालयमा सम्पर्क गर्नुहाेला ज्ञान केन्द्र प्रमुख सिजापतिले अाग्रह गरेका छन् ।
फेसबुक प्रतिक्रियाहरु