होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • धनगढीमा प्रधानमन्त्री ओलीको कार्यक्रममा सोधियो ‘निर्मला पन्तको बलात्कारी खै ?’
समाचार

धनगढीमा प्रधानमन्त्री ओलीको कार्यक्रममा सोधियो ‘निर्मला पन्तको बलात्कारी खै ?’

  • नागरिक रैबार
धनगढीमा प्रधानमन्त्री ओलीको कार्यक्रममा सोधियो ‘निर्मला पन्तको बलात्कारी खै ?’

धनगढी: धनगढीमा नेकपा ओली समूहको जनसभा सुरु भइसकेको छ। धनगढीस्थित खुुला मञ्चमा सुरु भएको सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले केहीबेरमा सम्बोधन गर्ने बताइएको छ।

यसैबीच उक्त सभामा सहभागी भएका एक युवकले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार गरी हत्या भएको २ वर्ष बित्दा पनि सरकार मौन रहेको भन्दै विरोध जनाएका छन्। उनले ‘निर्मला पन्तको बलात्कारी खै ? र निर्मलालाई न्याय दे’ लेखेको टि–सर्ट लगाएर सरकारलाई प्रश्न गरेका हुन।

 

२०७५ साउन ११ मा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो। बलात्कार र हत्या प्रकरणको अनुसन्धान हालसम्म चलिरहेको छ। दिनेश खबरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार