



नागरिक रैबार/बाजुरा २४ पुस। नेकपा बाजुरा (प्रचण्ड-माधव) पक्षले प्रधानमन्त्री केपी शर्भा ओलीले गत पुस ५ गते गरेको संसद विघटनको विरोद्धमा विरोधपत्र बुझाएको छ ।


संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनमा उत्रिएको नेकपा बाजुरा (प्रचण्ड-माधव) पक्षले बाजुरामा पनि शुक्रबार प्रमुख जिल्ला अधिकारी कृष्ण गैरे मार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाएको हो ।

नेकपा बाजुरा प्रचण्ड माधव पक्षका नेता गगन रावलका अनुसार संसद भंग गर्ने प्रधानमन्त्रीको निणर्यको विरोध गर्दै नेकपाको पुर्व घोषित कार्यक्रम अनुसार बाजुरामा पनि प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाईएको हो ।
नेकपा बाजुराले बुझाएको विरोध पत्रमा पुस ५ गते नेपालको संविधानको ठाडो उल्लघंन गरि असंवैधानिक अलोकतान्त्रिक एंव स्वेच्छाचारी ढंगबाट प्रतिनिधि सभा विघटन गर्ने प्रतिगामि कदम चालेकोले त्यस प्रति आपत्ति प्रकट गर्दै घोर भत्र्सना गर्दछौं भनिएको छ ।

प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र बुझाउनु अघि नेकपा बाजुराका नेता तथा कार्यकर्ताहरु डिआर मष्ट होटलमा जम्मा भएका थिए । उनीहरु डिआर मष्ट होटलबाटै हातमा झण्डासहित जुलुस लिएर जिल्ला प्रशासन कार्यालय बाजुरा पुगेका थिए ।

गत पुस ५ गते सरकारले प्रतिनिधि सभा भंग गर्दै आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेको छ । तर सरकारको उक्त कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै सबै राजनीतक दल तथा नागरिक समाजका अगुवाहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले संसद पुनः सञ्चालन नभएसम्म आन्दोलनलाई जारी राख्ने जनाउँदै आएका छन् ।
हेर्नुस विरोध पत्र




फेसबुक प्रतिक्रियाहरु