होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, मंसिर १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रचण्ड-नेपाल पक्षले सीडीओमार्फत प्रधानमन्त्रीलाई बुझाए विरोधपत्र
समाचार

प्रचण्ड-नेपाल पक्षले सीडीओमार्फत प्रधानमन्त्रीलाई बुझाए विरोधपत्र

  • नागरिक रैबार
प्रचण्ड-नेपाल पक्षले सीडीओमार्फत प्रधानमन्त्रीलाई बुझाए विरोधपत्र

रौतहट । रौतहटस्थित प्रचण्ड-नेपाल पक्षले रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवमार्फत प्रधानमन्त्री केपी ओलीलाई विरोधपत्र बुझाएको छ ।

पार्टी केन्द्रको निर्देशन अनुसार प्रधानमन्त्रीको संसद विघटन गर्ने कदमको विरोधमा विरोधपत्र पठाइएको नेकपा केन्द्रीय सदस्य युवराज भट्टराईले जानकारी दिए ।

गत पुस ५ गते संसद विघटनको घोषणा गरेर प्रतिगमन लाद्न खोजेकोमा उक्त कदम सच्याएर संसद पुनर्स्थापित गर्न प्रधानमन्त्री ओलीसँग माग गरिएको छ ।

विज्ञापन

भट्टराईले संसद विघटन गर्ने प्रधानमन्त्रीको अधिकार नभएकाले संविधानको धारा एकपटक पढ्न ओलीलाई सुझाए । विरोधपत्र बुझाउने टोलीमा भट्टराईसँगै पूर्व मन्त्री सत्यनारायण भगत, अशोक जयसवाल, कमल यादव लगायतको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार