होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख ८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री ओलीको राजीनामा माग्दै धनगढीमा कार्यक्रम स्थल नजिकै बालियो टायर
समाचार

प्रधानमन्त्री ओलीको राजीनामा माग्दै धनगढीमा कार्यक्रम स्थल नजिकै बालियो टायर

  • नागरिक रैबार
प्रधानमन्त्री ओलीको राजीनामा माग्दै धनगढीमा कार्यक्रम स्थल नजिकै बालियो टायर

धनगढी: प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै धनगढीमा टायर बालिएको छ। नेकपा विभाजनपछि शुक्रबार प्रधानमन्त्री ओली धनगढी आउनु अगावै नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–नेपाल समूहका विद्यार्थीले टायर बालेर विरोध जनाएका हुन।

प्रधानमन्त्री ओलीको सम्बोधनका लागि मञ्च बनाइएको खुलामञ्च नजिक टायर बाल्दै अनेरास्ववियूका कार्यकर्ता योगेश बमले भनेका छन्, ‘जुन संसद विघटन गरेका छन् त्यसैका सांसद बोकेर सुदूरपश्चिम आउँदा लाज लागेन प्रधानमन्त्री ज्यू। हजारौं सहिदले रगत बगाएर र अरबौ रकम खर्चेर बनाइएको संविधानविरुद पाइला टेग्दा उहाँले तुरुन्त राजीनामा दिनुपर्छ।’

प्रतिनिधि सभाको विघटनपछि ओलीले सम्बोधन गर्ने राजधानी बाहिरको यो पहिलो सभा हो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार